कमल, फागुन २४ ÷नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँसमितीको दोश्रो साधारणसभा बाट आगामी कार्यकालका लागी अध्यक्षमा पुन मधुसुधन अधिकारी सर्वसम्मत निर्वाचित हुनभएको छ ।

त्यसैगरी महिला उपाध्यक्ष अम्विका खड्का, उपाध्यक्ष भिमप्रसाद पोख्रेल,सचिव श्री प्रसाद दाहाल, सहसचिव अम्विका कार्कि ,कोषाध्यक्ष सुमन गौतम, सहकोषाध्यक्ष सरस्वती बुढाथोकी सदस्य वडा नम्वर १ बाट क्रमस धिरेन्द्रराज पौडेल दुर्गा प्रसाद पौडेल,खेमनाथ गौतम,ओमप्रसाद निरौला,मदन अधिकारी ,यमप्रसाद ओस्ति, सुदर्शन काफ्ले तथा महिला सदस्यमा ईन्दिरा दाहाल र मुना गुरुङ्ग सर्व सम्मत चयन हुनुभएको सचिव ,सचिव श्री प्रसाद दाहालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँसमितीका अध्यक्ष मधुसुधन अधिकारीको अध्यक्षतामा सम्पन कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, विषेश अतिथी गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटी, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिती सदस्य नारायण प्रसाद गोतम लगायतले साधारणसभा सफलताको शुभकामनाका साथै नव निर्वाचित पदाधिकारीलाई कार्यकाल सफताको शुभकामना दिनुभएको थियो ।