उमानाथ भण्डारी
कमल, फागुन २५ ÷ देशै भरी १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश २०७७ विभिन्न कार्यक्रमगरी मनाईएको छ ।
यसैक्रममा “महिलाको सुरक्षा सम्मान र रोजगार संवृद्ध नेपालको आधार” भन्ने नाराका साथ अन्तराष्ट्रिय श्रमिक महिला दिवश २०७७ मनाउने क्रममा झापाको कमल गाउँपालिकाले भने गतवर्षको भन्दा फरक तरिकाले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोवास गर्ने व्यवसायी तथा उद्यमि महिलालाई सम्मानगर्नुृका साथै व्यासाय प्रवद्र्धनका निमित्त ठेला भ्यान प्रदान गर्दै श्रमिक महिला दिवस मनाएको हो ।
आफुले गरे मेहनतको कदर गर्दै गाउँपालिकाले सम्मान गरेकोमा आफुलाई अत्यन्तै खुशिलागेको छ । जसले गर्दा व्यवसाय प्रति थप जिम्वेवार हुने प्रेरण मिलेको कमल गाउँपालिको वडा नम्वर १ मा होटल व्यवसायमा सन्चलन गर्दै आउनु भएकी रन्जना खड्का बताउनुहुन्छ ।

दिनरात नभनि सिटी सफरी चलाउनु चानचुने कुरा होईन त्यसमा पनि महिलाले । बिहान देखी साँझ सम्म सिटी चलाएर गुजारा गर्दै आउनु भएकी शान्ति माझीलाई गाउँपालिका बाट आफु सम्मानित हुन पाउँदा खुशिलागेको बताउनुहुन्छ ।

गाउँपालिकाको तर्फ बाट सम्मानित हुन पाउँदा खुशि नहुने त कुरा भएन हामी जस्ता कृषकलाई गाउँपालिकाले सम्मान गर्दा अन्य कृषकलाई समेत हौसला बढ्ने र पशुपालन पेसा प्रति आकर्षण बढने कमल गाउँपालिका ४ की कृषक पवित्रा अधिकारी बताउनुहुन्छ

महिलालाई १८ घण्टा होईन १० घण्टा मात्र काम लागाउनु पर्ने र पुरुष सरह समान काम गरे गरेपछि ज्याला पनि समान पाउनुपर्ने भन्दै १८५७ मा अमेरीकाको सुतीकपडा उद्योगका महिलाले आन्दोलन सुरुगरेको दिन देखी नै अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाउन थालिएको कमल गाउाँपलिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकामा रहेर विभिन्न उद्योग र व्यवसायी सन्चालन गर्दै आउनु भएका ७ जना महिलालाई सम्मान गरिएको थियो भने ७ जना महिलालाई ठेला भ्यान प्रदान गरिएको थियो ।
त्यसैगरी सम्मानित हुने महिलामा वडा नम्वर १ मा होटल व्यवसाय सन्चालक रन्जना खड्का वडा नम्वर २ मा मासु पसल सन्चलक सुनिता शाहा वडा नम्वर ३ मा व्युटि पार्लर व्यवसायी सुनिता विष्ट वडा नम्वर ४ मा पशुपालन व्यवसायी पबित्रा अधिकारी वडा नम्वर ५ मा सिटी सफारी चालक शान्ति माझी वडा नम्वर ६ मा टेलरिङ्ग व्यवसायी कोपिला राउत र वडा नम्वर ७ मा ढाका बुनाई विन्दा अधिकारी लाई सम्मान पत्र सहित नगद पाँच हजार रुपैया ले सम्मान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल, शमावेसि महिला शसक्तिकरणकी अध्यक्ष गौरा चागाई लगायतले अन्तराष्ट्रिय श्रमिक महिला दिवशका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रम कमल गाउँपालिका महिला तथा बालवालिका शाखाका प्रमुख रेनुका गौतामले सन्चालन गर्नु भएको थियो ।
ठेला भ्यान प्रदान

१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा कमल गाउाँपलिकाले गाउँपालिकामा रहेर विभिन्न व्यापार व्यवसाय सन्चालन गर्दै आएका ७ जना महिलालाई उनिहरुको व्यवसाय प्रवद्र्धनकालागी ठेला भ्यान उपलव्ध गराएको छ ।
गाउँपालिकाले ठेला भ्यान उपलव्ध गराएका उद्यमी महिला तर्फ वडा नम्वर १ बाट क्रमस विमला शाहा ,नमिता मण्डल,मिना रेग्मि (सिवाकोटी),डुकु राजंवंशी,फोदो राजवंशी,राममाया विश्वकर्मा र दुर्गामा श्रेष्ठलाई व्यवसाय प्रवद्र्धनकालागी ठेला भ्यान प्रदान गरिएको कमल गाउाँपलिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्टले जानकारी दिनुभयो ।
सेसिज द्वारा सेनेटरी प्याड वितरण

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसर कमल नगर जेसिजले सेनेटरी प्याड वितरण गरेको छ ।
समाजिक गतिविधिमा कृयासिल कमल नगर जेसिजले १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा सेनेटरी प्याड वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कार्यक्रममा सहभागी महिलालाई प्याड वितरण गर्नु भएको कमल नगर जेसिज वर्ष २०२१का अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो ।