उमानाथ भण्डारी
कमल , चैत ७ ÷ प्रदेश नम्वर १ का कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले ईलामको चुलाचुलीमा धान संकलन गृहको उद्घाटन तथा कृषि औजार वितरण गर्नुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत दक्षिणी ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको धान संकलन गृह तथा उन्नत धान ब्लक आयोजना र मकै सघन वालि विकास आयोजनामा संलग्न उत्कृष्ट कृषकलाइ कृषि औजार वितरण गर्नुभएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत चुलाचुली गाउँपालिकामा धान ब्लव कार्यक्रम र मकै खेति कार्यक्रमका लागी प्रदेश सरकार बाट सहयोग गरिएको छ । यस कार्यक्रमले यस क्षेत्रमा कृषकलाई फाईदा पुग्ने विश्वस गरिएको राज्यमन्त्री रानाले बताउनु भयो ।

नेपाल सरकारको संवृद्ध नेपाल सुखि नेपाली भन्ने नारा लाई पुरा कृषि क्षेत्र नै प्रमुख हो गाउाँपलिकाका अधिकांस कृषक कृषिमा आवद्ध छन् यस्ता कार्यक्रमले कृषकलाई फाईदा हुनेछ । अवको समय भनेको कृषि यान्त्रिकरणको हो यसले सबै कृषकलाई कृषि उत्पादन सहयोग पुग्ने चुलाचुली गाउँपालिका का कृषक ले फाईदा पुग्ने चुलचाचुली गाउँपालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत यसक्षेत्रका कृषकलाई कृषि यान्त्रिकरण पनि वितरण गरिएको छ । जस अन्तरगत १८ वटा डिप वारीङ्ग, ३४ वटा ट्रली ५ वटा मैकै रोप्ने मसिन, १० वटा स्प्रे टंकी १ थान मिनिटेलर र १ छोडाउने लगायतका सामागी वितरण गरिएको ति सामाग्रीले यस क्षेत्रमा कृषकलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र ईलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती ईलामका सभापति गणेश बराल १ नम्वर प्रदेशका सांसद धिरेन्द्र शर्मा (रमण) र काजिमान कागते लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जग्गादाता गणेश फागो, कृषि प्रविधिक टंक कट्टेल लाई सम्मान गरिएको थियो कार्यक्रममा उन्नत धान ब्लक आयोजना अन्तरगत सुरेन्द्र भट्टराई, घनश्याम गौतम, जमुना ढकाल र मकै सघन वालि विकास आयोजनामा तर्फ गोविन्द कार्कि, गंगा राई , सन्तोस तुम्वापो लायत दुई दर्जन भन्दा बढी उत्कृष्ट कृषकलाई कृषि औजार वितरण गरिएको थियो ।

कार्यक्रम धान ब्लक आयोजना का अध्यक्ष तिलोचन गौतम र मकै सघन वालि विकास

आयोजनामा अध्यक्ष लाल बहादुर कार्किको अध्यतामा भएको कार्यक्रममा मकै सघन वालि विकास आयोजनाकाम उपाध्यक्ष विष्णुमाया सिटौलाले स्वगत मन्तव्य राख्नु भएको थियो भने सचिव सन्तोस थाम्सुहाङ्गले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।