उमानाथ भण्डारी
कमल , चैत ९। प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुमन्त्री हिक्मत कुमारले सोमवार झापाको कमल गाउँपालिकामा एकैदिन दुइवटा वडाकार्यलय भवनको शिलान्यास गर्नु भएको छ ।

गाउँपालिकाको वडा नम्वर १ मा र वडा नम्वर ४ मा निर्माण हुनलागेका वडा कार्यलय भवनको मन्त्री कार्किले शिलान्यास गर्नु भएको हो ।

प्रति भवन लागत ७६ लाख ५० हजार रुपैयामा ठेक्का सम्झौता भएको वडा कार्यलय भवन सभाहला सहित ६ कोठाको हुनेछ । भवनको निर्माण कार्य ६ महिना मित्र सम्पन्न हुने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।