उमानाथ भण्डारी
कमल , चैत १४÷ कमल नगर जेसिजले आफ्ना वोर्ड सदस्यलाई संसदीय बैठक अभ्यासको तालिम दिएको छ ।
कमल नगर जेसिजमा आवद्ध वोर्डका सदस्यलाई नेपाल जेसिज का बर्ष २०२१ का उपाध्यक्ष जेसी सुनिल तिम्सिनाले तालिम प्रदान गर्नु भएको थियो ।

तालिममा दमक जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी सुयोग खरेल ,गौरादह जेसिज बर्ष २०२१ का अध्यक्ष जेसी एकराज घिमिरे ,पुर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा,कमलनगर जेसीज का पुर्व अध्यक्ष तथा कमल गाउँपालिका का वाड नं १ का अध्यक्ष जेसी केदार कटुवाल ,कमलनगर जेसीज बर्ष २०२१ का निबर्तमान अध्यक्ष जेसी हेम दाहाल
लगायत कमलनगर जेसीज का बोर्ड का सदस्य तथा साधारण सदस्यगरि २५ जना लाइ संसदीय बैठक अभ्यासको तालिम प्रदान गरेको थियो कमल नगर जेसिज वर्ष २१ का अध्यक्ष जेसी छत्रपति खनाल (गोपाल) ले जानकारी दिनुभयो ।