उमानाथ भण्डारी
कमल , चैत १५÷ कमल नगर जेसिजले आज होलिमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
असत्य माथि सत्यको विजयको रुपमा मनाउदै आईरहेको होली पर्वमा जेसिजले विभिन्न कार्यक्रमगरी होलिमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

असत्य माथि सत्यको विजयी भएको खुशियालीमा होलि पर्व मनाउन सुरु गरिएको हो । यसले सबै नागरिकलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस् । शरद ऋतुको अन्त्य सगै वसन्त ऋतु सुरु हुनेर रुख विरुवामा समेत नयाँ पाउला पलाउने भएकोले सबै मा नकारात्मक सोचको अन्त्य भई सकारात्मक सोचको पाउला पलावस । जसले गर्दा समाजमा भएका विकृति र विसंगतीको अन्त्य हुँदै नयाँ सोचका साथ अघि बढ्न होलिको पावन अवसरमा सबैलाई शक्ति मिलोस भन्ने प्रमुख अतिथी कमल उद्योग वाणिज्य संघका अध्यक्ष तथा कमल नगर जेसिजका सस्थापक महासचिव उमानाथ भण्डारीले बताउनु भयो ।

भैतिक विकास निर्माणले मात्र विकास पुरा हुदैन विकासकालागी मानिसको चेतना र व्यवहारीक विचारमा समेत परिबर्तन हुन आवश्यक छ तव मात्र विकास सम्भवहुन्छ जसका लागी सम्पुण राजनितीक दलले यसमा विचार पुर्याउनु पर्ने कमल नगर जेसिज वर्ष १७ का अध्यक्ष केदार कटुवालले बताउनु भयो ।

हिन्दुहरुको महान चाडका रुपमा मनाउदै आएको यो पर्व परापुर्वकाल देखी नै मनाउदै आएका छौं । होलीले सबैमा सकारातमक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस् । कोरोना भाईरषको विषम परिस्थितीमा सबेले बाट सुरक्षित रहेर यो चाड मनाउनु पर्ने दमक जेजिसका वर्ष २१ का अध्यक्ष सुयोग खरेलले बताउनुभयो ।

कमल गाउँपालिकामा भएका विभिन्न सामाजिक संघ सस्था हरु बिच आज कमल नगर जेसिजले होलिमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न पाउदा अत्यन्तै खुशिलागेको आगामि दिनमा समेत साथ र सहयोगको अपेक्षा रहेको कमल नगर जेसिज वर्ष २१ का अध्यक्ष गोपाल खनाल बताउनु हुन्छ ।

त्यसैरी आजै कमल उद्योग वाणिज्य संघ समेत विभिन्न कार्यक्रम गरि होलि पर्व मनाएको छ भने पतन्जली योग समिती कमल गाउँपालिकाले समेत आफ्नो नियमित योग कक्षा सम्पन्नगरी होलि विषेश विभिन्न कार्यक्रम गरी होलिमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।