उमानाथ भण्डारी
कमल, चैत १९÷झापाको कमल गाउँपलिका वडा नम्वर २ ले वालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागी सरोकारवालाहरु विच आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
“कमल गाउँपालिकाको रहर वालमैत्री गाउँ वालमैत्री शहर” भन्ने नाराका साथ सुरु आज २ नम्वर वडा बाट अभिमुखिकरण कार्यक्रम सुरुगरिएको हो ।
आगामि आर्थिक वष २०७८ साल फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणा गर्नेगरी तयारी भैरहेको गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिकालाई वालमैत्री स्थानीय शासन घोषणा गर्नका लागी सबै वडाको उत्तिकै भुमिकाहुन्छ तर जुन वडाले सबै भन्दा पहिले आफ्नो वडालाई वालमैत्री स्थानीय शासन घोषणा गनुहुन्छ त्यस वडालाई गाउँपालिकाको विकास बजेट बाट १० लाख रुपैया वाट पुरस्कृत गरिने कमल गाउाँपलिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

अवका दिनमा राज्यको निती निर्माण तह सम्म वालबालिकाको पहुच पुग्नु पर्ने हुन्छ जसका लागी न्युनतम मापदण्ड पुरा गर्नेगरी कार्यक्रम सुरुगरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधी, स्थानिय टोल विकास सस्थाका प्रतिनिधी, शिक्षक , महिला स्वस्थ्य स्वयम सेविका, वालक्लवका प्रतिनिधी, सहकारी, खानेपनी पाटि प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
कार्यमामा उपस्थित सहभागीलाई सहजकर्ता शुमन ढकालले सहजी करण गर्नु भएको थियो ।