व्यवसायीक आलुखेती बाट बिर्तामोडका कृषक लाभान्वित

उमानाथ भण्डारी

कमल , चैत २५÷ विर्तामोड नगरपालिका झापा जिल्लाको मध्यभागमा अवस्थित छ । नगरको अधिकांस भाग कृषि क्षेत्रले ओगटेको । याहाँका कृषक कृषि पेशालाई प्रमुख व्यवसायको रुपमा अगाँल्दै आएका छन् ।
विर्तामोड नगरपालिकाले पछिल्लो समय कृषिमा निकै फड्को मारेको छ । नगरपालिकाले नगर भित्र रहेका कृषकलाई विभिन्न सहयोग गरेका कारण याहाँको कृषि उत्पादनमा वृद्धि भएको हो ।
नगरपालिकाले यो वर्ष देखी व्यवसायीक आलुखेती कार्यक्रम सन्चालन गरेको छ । जस अन्तरगत ८६ विघा जमिनमा आलु खेती गरेको थियो । सो जमिन बाट न्युनतम ८ सय २५ टन भन्दा बढी आलु उत्पादन भएको नगरपालिकाले जनाएको छ ।
आलुखेतीमा १ सय ७० जना कृषक सहभागी भएका छन् । आलु उत्पादनमा नगरपालिकाले सिचाईकालागी मोटर,प्रविधिक सेवाका साथै सुरक्षित विषादी निशुल्क उपलब्ध गराएको थियोभने मल र श्रम कृषकले व्याहोरेको थिए ।
कृषकले विउ आलु खरिदमा वर्षेनी लाखौ रुपैया खर्चिदै आई रहेका थिए भने आगामि वर्ष विउ आलु खरिदमा रकम नगरको रकम नगरमै रोक्नकालागी यसै वर्ष देखी नगरपालिकाको सहयोगमा एक सय टन भन्दा बढी विउका लागी आलु भण्डारण तयारी भै रहेको विर्तामोड नगरपालिकाका कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडेरियाले बताउनु भयो ।
नगरपालिकाले आलु उत्पादनमा सहयोग गरेपछि नगरपालिकाका कृषक उत्साहा पुर्वक आलु उत्पादनमा लागेको छन् । रिपोटिङ्गको क्रममा हामी नगरपालिकाको वडा नम्वर ९ स्थित किरण राजवंशीको खेतमा पुग्दा धमाधम आलु खन्ने काम भै रहेको थियो । एकै छिन वहाँ सग समय दिएर हामिले आलु खेतिका बारेमा कुरा गर्दा वहाँले भन्नुभयो हामी दाजुभाई मिलेर आढाई विघामा आलुखेती गरेका थियौं । आलुको विउ खरिद र रोपाईमा १ लाख ५० हजार खर्च भएको थियो । सो जमिन बाट ३ सय ५० मन आलु फल्ने अनुमान गरेको छु जस बाट खर्च कटाएर २ लाख रुपैया भन्दा बढी आम्दानी हुने छ ।
हामिलाई आलु खेतिका लागी नगरपालिकाले प्रविधिक सेवा , सिचाईकालागी मोटर , स्प्रे टंकी र सुरक्षित विषादी निशुल्क उपलब्ध गराएको थियो । यस बाट हामिलाई ठुलो सहयोग पुगेको राजवंशीले बताउनु भयो ।

विषादी प्रयोगका कारण विभिन्न रोग लाग्ने भएकोले । पछिल्लो समय नगरपालिकाले कृषकले उत्पादन गर्ने विभिन्न वालिमा रसायनिक विषादीलाई न्युनिकरण गर्न र विषदीका कारण हुने वातावरणिय प्रदुषणलाई कम गर्न नगरपालिकाले विभिन्न सचेतना मुलक कार्यक्रम सन्चालन गरेको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले बताउनुभयो ।
बर्षैा देखी विषदी प्रयोगका कारण कृषकको खेतको माटोको अवस्था अत्यन्तै खराव भएको छ । हामिले कृषकको खेतको माटो उपचारका लागी कृषि चुन वितरण गरेका छौ भने पशुपालक कृषककालागी सहजहोस भनेर दुध विक्रिकालागी चिस्यान केन्द्रको स्थापना गरेका छौ । विर्तामोड स्थित कृषि थोक बजार प्रदेश नम्वर १ कै ठुलो कृषि बजार भएकोले त्यो वजार सगको सहकार्यमा कृषकले उत्पादन गरेका कृषी उत्पादन विक्रि वितरणकालागी सहज बतावरण बनाईदिएको विर्तामोड मेयर सिवाकोटी बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is ret.jpg


पछिल्लो समय विर्तामोड नगरपालिकाले नगर भित्र रहेका कृषककालागी विभिन्न कार्यक्रम सन्चालन गरेका कारण याहाँका कृषक कृषि कर्म प्रति उत्साहित भएर लागेका छन् । तर अझै पनि कृषकले उत्पादन गरेका कृषि उपजले उचित मुल्य भने पाउन सकेको छैन ।
यसतर्फ जनप्रतिनिधीको ध्यान जान आवश्यक छ । नत्र बजार नपाएकै कारण कृषक आफ्नो पेशा बाट पलायन हुने अवस्था नआउला की भन्न सकिदैन ।

Back to top button