उमानाथ भण्डारी
कमल, फागुन २७ ÷ झापाको कमल गाउँपालिकाको आयोजनामा सञ्चालिक लोक सेवा आयोगको तयारी कक्षा आज सम्पन्न भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत साईवर स्पेस ईन्स्टिच्युट (सि.एस.सि.आई ईजुकेशन फाउण्डेसन दमकको सहकार्यमा सुरुगरेको लोक सेवाको ४५ दिन तयारी कक्षा आज एक औपचारीक कार्यक्रम गरि समापन गरिएको हो ।
गाउँपालिकाले विकास निर्माण मात्र ध्यान दिएको छैन । युवा लक्षित कार्यक्रम अन्तरगत लोक सेवाको तयारी कक्षा सन्चालन गरेका छौ । त्यसैगरी पुर्वाधार विकासका साथ साथै कृषकहरुको जिवन स्तर उठाउनकालागी कृषिमा आधुनिकरण साथै व्यवसायीकरण गरेका छौ भने पछिल्लो समय शिक्षामा समेत ठुलो लगानी गरेका छौ , अविभावकको अग्रजी मोहका कारण गाउँपालिकामा भएका सामुदायीक विध्यालयमा अग्रेजीका किताव निशुल्क वितरण गरेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

पुर्वाधार विकासले मात्र समाज परिवर्तन हुँदैन समाज परिबर्तन गर्नका निमित्त जनतामा चेतना हुन आवश्यक छ । त्यसैका लागी हामिले युवाहरुका निमित्त यो खर्च गरेका हौ । यसलाई तपाईहरुले साम्रो सग सदुपयोग गर्नुहोस् र भोलिका दिनमा लोक सेवा पास गरेर आफ्नै ठाउँ आएर जनताको सेवामा लाग्न कमल गाउाँपलिकाका उपाध्यक्ष बेनु सिवकोटीले बताउनु भयो ।
कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले आफु सरकारि जागिरमा प्रवेस गर्दाको अनुभव सुनाउदै विध्यार्थिलाई ध्यानदिएर अध्यायन गर्नेहोभने लोकसेवा सजिलै पास गर्न सकिने बताउनु भयो । पछिल्लो समय सामाजिक सन्जालका कारण विध्यार्थिको पढाईको गुणस्तर खस्किदै गएको छ । यस यसतर्फ विध्यार्थिले ध्यान दिएर अध्यायन गर्न श्रेष्ठले सुझाव दिनु भयो ।

सि.एस.सि.आई ईजुकेशन फाउण्डेसन दमकका सस्थापक प्रिन्सिपल राजु गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कमल गाउँपालिका महिला तथा वालालिका शाखाका प्रमुख रेनुका गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सदस्य माधव खनालले सन्चालन गर्नु भएको थियो ।