खनाल द्वारा आफ्नो जन्मदिनको अवसरमा विध्यालयलाई पिंङग हस्तान्तरण

कमल , बैशाक ७ ÷ कमल नगर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल (गोपाल) ले आफ्नो जन्मोत्सवको अवसरमा कमल गाउँपालिका वडा नम्वर १ स्थित नवदुर्गे प्राथमिक विध्यालय लाई पिंङग हस्तान्तरण गर्नु भएको छ ।
पछिल्लो समय जन्मदिनको वहानामा गरिने फजुल खर्च लाई चुनौति दिदै खनाल द्वारा आफ्नो जन्मदिनको अवसरमा विध्यालयलाई पिंङग हस्तान्तरण गरेर बिध्यालमा अध्यायनरत वालवालिकालाई खेल्नका लागी सहज वातारण बनाई दिएको भन्दै कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले धन्यवाद दिनुभयो ।

This image has an empty alt attribute; its file name is 23-1024x768.jpg


पिंङग हस्तान्तरण कार्यक्रममा कमल नगरजेसीजका अजिवन सदस्य जेसी राजन ढुङ्गाना,समाज सेवी बुद्धी न्यौपाने कमल गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, वडा सदस्य भिष्म सुबेदी समाज सेवि स्याम कार्की,पुर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा,नवदुर्गे प्राथमिक विध्यालयका प्राध्यापक ईश्वर कोईराला लगाएतको उपस्थिती रहेको थियो
कार्यक्रम सन्चालन कमल नगर जेसीजका वर्ष २०२१का सचिव जेसी हरि अधिकारीले गर्नुभएको थियो ।

Back to top button