कोरोना संक्रमण न्युनिकरणगर्न कमल गाउँपालिकामा विभिन्न निर्णय

उमानाथ भण्डारी

कमल , बैशाक १०÷ झपाको कमल गाउँपालिकामा आज गाउँपालिका स्तरिय विपद् व्यवस्थापन समितीको बैठक बसि कोभिड १९ बाट हुन सक्ने संक्रमणलाई न्युनिकरण गर्नका लागी विभिन्न निर्णय गरेको छ ।
गाउँपालिकामा बसेको बैठकले कोभिड १९ को संक्रमण बाट बच्नकालागी प्रचार प्रसार गर्ने, करेन्टाईन र आईसोलेसनलाई तयारी अवस्थामा राख्ने एन्टिजेन टेष्टको व्यवस्था मिलाउने, दमक स्थित कोभिड अस्पताल निर्माणकालागी गाउँपालिकाले आर्थिक सहयोग गराएकाले कोभिड १९ का कारण जटिल अवस्थामा आएका विरामीलाई दमक अस्पतालमा उपचारको व्यवस्था मिलाउने , दोश्रो चरणको भ्याक्सिनलाई प्रभावकारी बनाउने ,नेपाल रेडक्रस सोसाईटी कमल गाउँपालिका शाखाको समन्वयमा विध्यालयमा प्राथमिक उपचार बक्स (फस्टएड) वितरण गर्ने, लगायतका निर्णय भएको कमल गाउाँपलिका विपद् व्यवस्थापन समितीका फोकल पर्सन ईन्द्र अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी समितीले नेपाल सरकारले २०७८ साल बैशाख ६ गते राज पत्रमा प्रकासित गरेका निर्णय कार्यान्वयन गर्नकालागी समितीले निर्णय गरेको छ । कारितास नेपालले कमल गाउँपालिकाको वडा नम्वर ३,४र५ मा हात्ति भगाउनकालागी उपलब्ध गराएको साईरन ६ थान, टर्च लाईट ९ थान समेत प्रदान गरिएको कुरा समितीले अनुमोदन गरेको छ ।

Back to top button