मन्त्री कार्कि द्वारा वाडा कार्यलय भवनको शिलान्यास

उमानाथ भण्डारी

कमल , बैशाक १५÷ १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्किले एक कार्यक्रमका बिच कमल गाउाँपलिका वडा नम्वर ३ को नवनिर्मित वडा कार्यलय भवनको शिलान्यास गर्नु भएको छ ।
कमल गाउँपालिकाले सेवा ग्राहिलाई सेवा प्रवाह गर्न सहज होस भनेर आफ्नै स्वामित्वमा वडा कार्यलय भवन निर्माण गर्ने क्रममा गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खामा नयाँ भवनको शिलान्यास गरिएको हो ।
शिलान्यास गरिएको भवन ६ कोठाको हुनेछ । कुल ८२ लाख ५७ हजार १९५ रुपैयामा निर्माण हुन लागेको भवन २०७७ चैत २६ गते ठेक्का सम्झौता भएर २०७८ साल आश्विन २६ गते सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button