उमानाथ भण्डारी
कमल , बैशाक १५÷ कमल गाउँपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्म भैएगरेका कामको सेवाग्राहीलाई जानकारी गराउने उद्येश्यले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजना र झापा युनेस्को संघको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको तर्फ बाट चालु आर्थिक वर्षको दोश्रो चौमासिक सम्मभएका प्रगतीको जानकारी गराउदै गाउँपालिकाको तर्फ बाट सन्चालनमा रहेका नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रभावका बारेमा जानकारी गराउदै विधिको शासनमा रहेर कर्मचारीले नगरीकलाई सेवा प्रदान गरेको छ कि छैन , कर्मचारीले कामगर्दा कुनै त्रुति गरेको छ भने त्यसलाई सच्याउदै नागरिकको अगाडी निर्धक्क उभिन सक्ने हैसिएत यस्ता कार्यक्रमले बनाउने भएको सार्वजनिक सुनवाई गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

हामिले कत्तिको प्रभावकारी रुपले काम गरेका छौं । हामिले गरेका काम बाट जनता सन्तुष्ट छन् कि छैनन् हामि के गरि रहेका छौं यसमा जनताको अपेक्षा के छ । यसैकालागी यो कार्यक्रमको आयोजनागरिएको हो । जिज्ञासाका रुपमा धेरैकुरा आएका छन् यसलाई सुझवका रुपमा लिएर आगामि दिनमा अगाडी बढ्ने अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
सार्वजनिक सुनवाई कार्यक्रमलाई झापा युनेस्को संघका तर्फ बाट विजय तिम्सिनाले सहजकिरण गर्नु भएको थियो ।