कमल , वैशाख २४ ÷ कमल गाउँपालिककोे वडा नम्वर ३ मा यतिवेला विकास निर्माणले निकै तिव्रता पाएको छ ।
गाउँपालिका प्रवेशको केन्द्र भएकाले पनी यस वडामा विकास निर्माणाले प्राथमिकता पाएको हो ।
वडा नम्वर ३ को साम्राको मिल हुँदै बोहोरा टोल, बगाने टोल, शिवालय हुँदै क्याम्पा बजारलाई जोड्ने वैकल्पिक सडकको रुपमा यसलाई कालोपत्रे गर्नेकाम सुरुगरीएको वडा कार्यालयले जनाएको छ ।
सडक निर्माणका लागी गत वर्ष ५६ लाख रुपैयामा साम्रको मिलदेखी वोहोरा टोलसम्म ११सय मिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको थियो भने चालु आर्थिक वर्षमा त्यसैलाई निरन्तता दिदै ४५ लाख रुपैयाको लागतमा थप एक किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको वडा अध्यक्ष नर प्रसाद दंगालले जानकारी दिनुभयो ।
त्यसैगरी सोहि सडकलाई निरन्तता दिंदै वोहोरा टोल देखी बगाने टोल सम्म ३ सय ५५ मिटर सडक कालोपत्रे गर्ने तयारीमा पुगेको छ भने थप १२ लाख रुपैयामा ४ सय मिटर सडको स्तर उन्नती गर्नेकाम चालु रहेको अध्यक्ष दंगालले बताउनु भयो ।
वडामा भएका अधिकांस सडकको स्तर उन्नती गर्नेकाम सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष बाट स्तर उन्नती सम्पन्न भएका सडकलाई कालो पत्रे गरिने दलित महिला सदस्य तारा बोगटीले बताउनु भयो ।
त्यसैगरी १० लाख रुपैयाको लागतमा वडा नम्वर ३ को केराधाम स्थित खानेपनि आदित्य मर्ग को ८ सय मिटर सडक को स्तरउन्नती गर्नेकाम सम्पन्न भएको वडाले जनाएको छ ।