उमानाथ भण्डारी
कमल , वैशाख २७ ÷विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को दोश्रो भेरियषनकका कारण कमल गाउँपालिकामा समेत संक्रमण तिब्ररुपमा बढेको छ ।
संक्रमण बढे सगै यसको नियन्त्रण र रोगथामलाई प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न राजनितीदलका प्रमुख सहित बसेको सर्वललिय बैठकले गाउँपालिकालाई विभिन्न महत्व पुर्ण सुझाव दिनुभएको छ । जस अन्तरगत कन्ट्रयाक ट्रेसिङ्गको दायरा बढाउने , लक्षण देखिएका संक्रमित र कन्ट्रयाक ट्रेसिङ्गमा परेका व्याक्तिलाई निशुल्क पिसिआर परिक्षणकालागी स्वव संकलनको व्यास्थामिलउन सुझाव दिनुभएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

गाउँपालिकाले कोभिडको सक्रमण बढे सगै त्यसको नियन्त्रण र रोगथामकालागी विभिन्न कार्यक्रम सन्चालन गरका छौ । जस अन्तर्गत नागरिकलाई सचेत गराउन माईकिङ्ग गरेका छौ । संक्रमित भएको जानकारी आउन साथ स्वस्थ्य कर्मिलाई घरघरमा पठाएका छौ । विरामिलाई उपचारमा सहजहोस भनेर कोभिड अस्पताललाई सन्चालनमा ल्याएका छौ एम्वुलेन्स तयारी अवस्थामा राखेका छौ यस्ता थुप्रै काम गरेको उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिनुभयो ।
त्यसैगरी कुनै पनि विरामिलाई अस्पताल सम्म जानकालागी कुनै पनि समस्या नहोस भनेर गाउँपािलका सजग छ । यसकालायी विरामिलाई अस्पताल सम्म जनाकालागी एम्बुलेन्स तयारी अवस्थामा राखेका छौ भने विरामिलाई आवश्यक पर्ने स्वस्थ्य उपकरण आवश्यक अक्सिजना सिललिन्डर तयारी अवस्थामा राखेका छौं त्यसैगरी संक्रमणका कारण सिकिस्त भएका आफ्ना नागरिकलाई थप उपचार मिलाउनकालागी कमल गाउँपालिकाले दमक अस्पताललाई २० लाख रुपैया दिएको छ जसका कारण विरामिको उपचारमा कुनै समस्या नहुने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रृष्ठले बताउनुभयो ।
कार्यक्रममा भिमप्रसाद राई, शिव ढुङ्गेल,खगेन भण्डारी, दिपेनवाला राई,राजकुमार न्यौपाने, विष्णुप्रसाद पौडेल, प्रताप सुब्बा, सुर्यप्रसाद लिम्वु,मनबहादुर थापामगर,मनवहादुर थलुङ्ग,बसन्तराज सुब्बा र मावोहाङ्ग लिम्वु लगायत कोभिड व्यवस्थापन र सक्रमितको उपचारका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।
यो समाचर तयार पार्दा सम्म कमल गाउँपालिकामा जम्मा संक्रमित १०२ जना पुगेका छन् जस मध्ये कोभिड अस्पताल दमकमा ३ जना विएमसि अस्पताल विर्तामोडमा २ जना मेचि अस्पताल भद्रपुर १ उपचारत हुनुहुन्छ भने ९३ जना होम आईसोलेसन र ३ जना निको भएर डिस्टार्ज हुनुभएको कमल गाउँपािलका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताउनु भयो ।