कमल, जेठ १० ÷ जापानमा बस्ने नेपालीहरु बाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त भएको छ ।
कमल गाउँपालिका वडा नम्वर ३ स्थाई घरभई हाल जापानको यामागुचीमा बस्दै आउनु भएका भुपाल ढुङ्घेल र त्यहाँ सगै कम्पनिमा कामगर्ने रीउ हिरोकामाले प्रति व्याक्ति १० हजार रुपैयाका दरले जम्मा २० हजार रुपैया कमल गाउँपालिकाको कोभिड १९ को रोकथाम तथा उपचारमा सघाउ पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराउनु भएको हो ।

वहाँहरुले उपलब्ध गराएको २० हजार रुपैयाको को चेक आज भुपालका बुवा शिव ढुङ्घेल मार्फत गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गरिएको छ ।

आगामी दिनमा जापानको यामागुची शहरमा बसोवास गर्ने नेपाली संग समन्वय गरी थप रकम उपलब्ध गराईने भुपालले जानकारी दिनुभयो ।