सरकार विरुद्ध भएका गतिविधीलाई रोक्न आवश्यक ः अध्यक्ष घिमिरे

कमल , जेठ १२ ÷नेकपा एमालेका केन्द्रिय सदस्य तथा १ नम्वर प्रदेश अध्यक्ष देवराज घिमिरेले सरकार विरुद्धमा भएका गतिविधीलाई रोक्न आश्यक भएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल झापा शाखाले आज भर्चुअल (जुम) मिटिङ्ग)को माध्यव बाट आयोजना गरेको विश्वव्यापी माहामारिमा पत्रकार र पत्रकारिताको अवस्था तथा वर्तमान राजनीतिक घटनाको विषयमा बैठकका प्रमुख अतिथी समेत रहनु भएका घिमिरेले सो कुरा बताउनु भएको हो ।
सरकारले अहिले धेरै राम्रा काम गरेको छ । तर त्यसको प्रचार नभएकोले आम जनाता सहि सुचना पाउन बाट बन्चित भएका छन् । यस्ता गलत समाचारको पे्रस चौतारीले भण्डाफोर गरेर सहिसुचना जनता सम्म पुर्याउन प्रेस चौतारीले भुमिका खेलनुपर्ने अध्यक्ष घिमिरेले बताउनु भयो ।
त्यसैगरी १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका एमालेका केन्द्रिय सदस्य तथा झापा ईन्चार्ज हिक्मत कुमार कार्किले पछिल्लो समय कोभिडका कारण छापा मिडिया बन्द भएकाले जनताले हेर्ने भनेको टिभि र अनलाईन पत्रीका मात्रहुन् त्यसमा सत्यतथ्य समाचार संपे्रशण गर्न अनुरोध गर्दै ती सन्चार माध्यमलाई कसरी भरपर्दो र दिगो रुपमा सन्चान गर्न सकिन्छ प्रदेश सरकारको तर्फ बाट आवश्यक सहयोग गर्ने बताउनु भयो ।
सरकारले सन्चालनमा ल्याएका गौरवका योजनाको कतै चर्चा छैन । खालि सरकारको विरोध मात्र छ । यस तर्फ सबैको ध्यान जान आवश्यक छ । सरकारले सन्चालन गरेका कामको व्यापक रुपमा पचार प्रसार गर्न आवश्यक रहेको संविधान सदस्य दिपक कार्किले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका १ नम्वर प्रदेश अध्यक्ष गणेश पोख्रेल, प्रादेशीक संचार प्रतिष्ठान का सदस्य गोपाल काफ्ले अग्रज पत्रकार माधव विद्रोही, प्रधानमन्त्रीका पुर्व प्रेस संयोजक चेतन अधिकारी , विष्णु पोख्रेल, सरोज पौडेल लगायतले कोभिडका कारण थला परेका मिभिया हाउस र कार्यरत पत्रकारका विषयमा आ आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष टिकाराम उप्रेती को अध्यक्षतामा सम्पन्न भएको थियो भने मिनप्रकाश उप्रेतीले सन्चालन गर्नु भएको थियो ।

Back to top button