काठमाडौं । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । सरकारले वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।
शनिबार भएको आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिए । यसअघि ज्येष्ठ नागरिकले मासिक ३ हजार रुपैयाँ भत्ता पाउँदै आएका थिए । सामाजिक सुरक्षा भक्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।