कोभिड १९ का कारण नेपाल पत्रकार महांसघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु

कमल , जेठ १५÷ नेपाल पत्रकार महांसघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको कोभिड १९ का कारण शनिवार मृत्यु भएको छ ।
कोभिड १९ का कारण झापाको विर्तामोड स्थित पुर्ण टुङ्ग विर्तासिटी अस्पतालमा उपचार सम्भव नभएपछि घरलाने क्रममा शनिवार पौने ४ बजे बाटामा भण्डारीको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
२०६५ साल देखी पत्रकारीता पेशामा आवद्ध रहनुभएका भण्डारी, हाल नेपाल पत्रकार महांसघ पाँचथरका उपाध्यक्ष सहित कन्चनजङ्गा एकेडेमी फिदिमका उपप्राध्याक हुनुन्थ्यो भने नेपाल जनउद्धार संघ पाँचथरको सदस्य, नेपाल प्रेस युनियन पाँचथरका पुर्व उपाध्यक्ष लगायत दर्जन बढी संघ सस्थामा आवद्धरहि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
भण्डारीको मृत्युले पाँचथर जिल्लालाई अपुरणिय क्षती पुगेको नेपालपत्रकार माहासंघ प्रदेश नम्वर १ का उपाध्यक्ष लवदेव ढुङ्गाना बताउनुहुन्छ ।
हिलीहाङ्ग गाउँपालिका वडा नम्वर ५ स्थाई घर भई हाल फिदिम नगरपालिका वडा नम्वर १ मा बस्दै आउनु भएका भण्डारीका श्रीमती एक छोरा निर्मल र दुई छोरी निशा र सविना भण्डारी हुनुहुन्छ ।

Back to top button