उमानाथ भण्डारी
कमल, जेठ ३१÷ १ नम्वर प्रदेशकी उपसभामुख सरस्वती पोख्रेलले योगले मानिसको जिवनमा आमुल परिवर्तन ल्याउछ । आजको व्यस्त समयमा आशन, ध्यान प्रणायमले मात्र मानिस स्वस्थ्य हुने भएकोले हरेक मानिसले योग गर्न आवश्यक रहेको बताउनु भएको छ ।
पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ को आयोजनामा आज अन्तराष्ट्रिय योग दिवश २०७८ को पुर्व शन्ध्यामा आयोजित वृहत सत्संङ्ग कार्यक्रममा उपसभामुख पोख्रेले यस्तो बताउनु भएको हो ।
कोभिड १९ को दोश्रो भेरियन्टको यस्तो विषम परिस्थितीमा पनि भच्र्युअल माध्यम बाट यस्तो पवित्र कार्यक्रम आयोजना गरेर प्रदेश नम्वर एकका हरेक जनताको घरघरमा योग पुर्याउनकालागी पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ यति ठुलो कार्यक्रम आयोजना गरेकोमा समेत उपसभामुख पोख्रेलले धन्यवाद दिनुभयो ।

योगले मानिसलाई स्वस्थ्य मात्र राख्दैन अध्यारो बाट उज्यालो तर्फ लाने भएकोले सबैले अनिवार्य योग गर्नुपर्ने पतन्जली योग समिती नेपाल लुम्विनी प्रदेशका प्रभारी प्रेम शाहाले बताउनुभयो ।
आफ्नो जिवनमा आमुल परिर्वन चाहान्हुन्छ भने योग गर्नुहोस् योगले नै मानिसको जिवनमा परिवर्तन ल्याउन सक्छ हो । त्यसैले आजभोली यस्तो विषम परिस्थितीमा समेत प्रदेश नम्वर १ ले यती ठुलो कार्यक्रम गरेर सबैलाई योगमा जोडेको छ । यो अत्यन्तै राम्रो रहेको जिल्ला आयुर्वेद अस्पताल ताप्लेजुङ्गका प्रमुख टेकनाथ अर्यालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती ताप्लेजुङ्गका सभापति,घनेन्द्र मादेन , भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेल , उद्योग वाणिज्य संघ ताप्लेजुङ्गका अध्यक्ष तारानाथ घिमिरे , पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकाल, भद्रपुर नगरपालिकाका मेयर जिवन श्रेष्ठ पतन्जली योग समिती नेपालका सहप्रभारी मदनराज पाण्डे, पतन्जली योग पिठ नेपालका आजिवन चन्द्रमणी गुरागाँई र शिल्पा प्याकुरेल महिला पतन्जली योग समिती नेपालकी सह प्रभारी अर्चना घिमिरे लगायतले अन्तराष्ट्रिय योग दिवस र योगको महत्वका बारेमा बोल्नु भएको थियो ।
पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ का प्रभारी मिष्टर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागी लाई पतन्जली योग समिती नेपालका केन्द्रिय सदस्य तथा विराटनगर महानगर पलिकाका मेयर भिम पराजुलीले शाब्दिक शब्द द्वारा शुभभाव खाख्नु भएको थियो भने पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ का महामन्त्री लक्ष्मि प्रसाद काफ्ले र कोषाध्यक्ष पार्वती राउतले कार्यक्रम सन्चालन गर्नु भएको थियो त्यसैगरी प्राविधिक त्रय तारा प्रसाद चौधरी ,विकास जिशी र शान्ता निरौलाले प्राविधकि तर्फको सहजी करण गर्नुभएको थियो ।
औपचारीक कार्यक्रम सम्पन्न भएपछि पतन्जली योग समिती नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्रले अन्तराष्ट्रिय योग दिवसको अवसरमा तयार पारेको प्रोटोकलको आधारामा सबै सहभागीलाई योग (आशन , ध्यान, प्रणायम ) गराउनु भएको थियो ।