कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर भन्दा बढी सडक कालोपत्रे

उमानाथ भण्डारी

कमल, असार १÷ झापाको कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ ।
चालु आर्थिक वर्षमा मात्र गाउँपालिकाका निर्माण भएका सडक अन्तर्गत वडा नम्वर ४ स्थित चुलाचुली मोड हुदै डाँफे चोक सम्म जाने कृषि सडकमा ३ हजार ३८० मिटर सडक कालोपत्रे गर्नेकाम सम्पन्न भएको छ भने वडा नम्वर ३ मा साम्रको मिल , बगानेटोल हुँदै क्याम्पा सम्म जाने सडमा १ हजार १ सय मिटर तथा वडा नम्वर ५ स्थित नमुना चोकको सडकमा १ हजार २३० मिटर र वाँकि ७ सय मिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएको गाउँपालिकाका ईन्जिनियर सागर यादवले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is uh-1024x472.jpg


तत्कालिन तोपगाछी र लखनपुर गाउँ विकास समिती मिलेर कमल गाउँपालिका गठन भएको हो । यो गाउँ पालिका ९७ दशमलव ४४ वर्ग किलो मिटरमा फैलिएको छ । यति ठुलो क्षेत्रफलमा फैलिएको गाउँपालिकामा जनप्रतिनिधी आएपछि मापदण्ड पुगेका सडकलाई कालोपत्रे गर्नेकामलाई प्राथमिकता दिएपछि यति धेरै सडकमा चालु आर्थिक वर्षभित्रै कालोपत्रे गर्नेकाम सम्पन्न भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
गाउँपालिकाको विकासको मुख्य आधार भनेकै सडक सन्जाल हो । जहाँ सडक त्याहाँ विकास भन्ने उक्तिलाई साकार पार्न जनप्रतिनिधी आएपछि सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको थियो । त्यसैको फल स्वरुप आज कमल गाउँपालिकामा यतिधेरै कालोपत्रे सडक निर्माण गर्न सफल भएको अध्यक्ष काफ्लेले बताउनु भयो ।
त्यसैगरी गाउँपालिकामा रहेका सडक अन्तर्गत कालोपत्रे वाहेक २० किलोमिटर सडकमा समेत उच्च स्तरियको ग्राभेल गर्ने काम सम्पन्न भएकोे ईन्जिनियर यादवले बताउनु भयो ।

Back to top button