लाफादी खोलामा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न , स्थानिय वासीलाई वर्षैभरी आवतजावतमा सहज

उमानाथ भण्डारी

कमल असार ७ ÷कमल गाउँपालिका वडा नम्वर १ स्थित लाफादी खोलामा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ ।
वडा नम्वर १ स्थित सरङ्गपाडा बजार र लाफादी गाउँको बिचमा पर्ने लाफादी खोलामा झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न भएको हो ।
पुल नभएका कारण समस्या भोग्दै आएका यहाँका स्थानिय लाई पुल निर्माण भएपछि वर्षाका समय खोला तर्न सहज भएको छ ।
पुल नभएका कारण याहाका स्थानिय वासी वर्षाका समयमा खोला तर्न ३ किलोमिटर उत्तर ढ्याङ्ग्रे बजार र ६ किलोमिटर दक्षिण बैगुनधुरा बजार पुग्नु पर्ने हुन्थ्यो ।
लाफादीका स्थानिय वासी सामान किन्न सरङ्गपाडा बजार आउने र फर्किने बेलामा खोलामा बाढी आएका कारण घर फर्किनलाई ३ किलोमिटर उत्तर ढ्याङ्ग्रे बजार र ६ किलोमिटर दक्षिण बैगुनधुरा सम्म घुम्नुपर्ने हुन्थ्यो । पुल निर्माण भए सगै त्यो सबै समस्या हटेको ढ्याङ्ग्रेखोला झोलुङ्गे पुल निर्माण समितीका अध्यक्ष पुन्य राया बताउनुहुन्छ ।
पुल नभएका याहाँ जनतालाई धेरै समस्या थियो । बर्खाको समयमा सामान्य समान खरीद गर्न देखी विरामी भएको बेला औषधी किन्नकालागी समेत धेरै घुमेरमात्र बजार आउनु पर्ने बाध्यता थियो अब पुल निर्माण भए पछि त्यो सबै समस्या हटेको वडा अध्यक्ष केदार कटुवाल बताउनुहुन्छ ।

Back to top button