दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन निर्माण गरेको भन्दै जिल्ला समन्वय समिती झापा द्वारा तटबन्धन निर्माण नगर्न निर्देशन

This image has an empty alt attribute; its file name is rk.jpg

कमल असार ९ ÷ दमक नगरपालिकाले रतुवा नदीमा एकलौटी रुपमा तटबन्धन निर्माण गरेको भन्दै जिल्ला समन्वय समिती झापा द्वारा तत्काललाई तटबन्धन निर्माण नगर्न निर्देशन दिएको छ ।
नगरपालिकाले वडा नम्वर १ स्थित नमुना टोल पुर्व रतुवा खोलामा अवैध रुपले तार जाली प्रयोग गरेर तटबन्धन निर्माण गरेका कारणले कमल गाउँपालिकाको वडा नम्वर ५ लाई प्रत्यक्ष असर पुग्ने हुँदा अहिले तत्कालका लागी तटबन्धनको निर्माण कार्य बन्द गर्न जिल्ला समन्वय समिती झापाको कार्यालयले नगरपालिकालाई निर्देशन दिएको छ ।
आगामी दिनमा तटबन्धन निर्माण गर्दा सम्बन्धित पालिकाका जनप्रतिनिधीको सहमतीमा मात्र बाँध निर्माण गर्ने व्यावस्था मिलाउन समेत समन्वय समितीले नगरपालिकालाई आदेश दिएको हो ।

Back to top button