उमानाथ भण्डारी
कमल असार ९÷ कमल गाउँपालिकाको नवौं गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने भोली बजेट आउदै छ ।
गाउँपालिकाको आज बाट सुरु भएको नवौं गाउँसभामा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्ष २०७८÷०९७ मा सन्चालन गरिने निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ भने भोली बजेट प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

आज प्रस्तुत भएका निती तथा कार्यक्रममा कमल गाउँपालिकामा स्थाई ठेगाना भई गाउँपालिका भित्र सन्चालनमा रहेका प्राविधिक शिक्षालयमा अध्यायनरत विध्यार्थिलाई छात्रा वृति , प्राविधिक विषय अध्यायन गर्न चाहाने लोपउन्मुख जाती (सतार,सन्थाल,झागर लगायतका जातीलाई) गाउँपालिकाले निशुल्क पढाउने ,८ सय ४५ जना विपन्न परिवारलाई निशुल्क स्वस्थ्य विमा, सिचाईमा प्रयोग गरिने मोटरमा लाग्ने विद्युत शुल्कमा सुक्का समय ( फागुन, चैत, बेशाख र जेठ) विद्युत महशुलमा छुट, अध्यक्ष जिविको पार्जन कार्यक्रम अन्र्तगत सिपमुलक कार्यक्रम ,बाख्राका पाठा वितरण, ठेला भ्यान वितरण, गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी अविभावक नभएका वालवालीकालाई गाउँपालिकाले अविभावकत्व लिने, गाउँपालिकामा भएका ३५ जना अपाङ्गलाई पाएक पर्ने सहकारीमा एक हजार रुपैयाको शेयर खरिद गरिदिने,विपन्न परिवारलाई खानेपानीको धारा निःशुल्क जोडिदिने जस्ता लोक प्रिय कार्यक्रम निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रस्तुत निती तथा कार्यक्रम सन्चलन गर्नकालागी आवश्यक पर्ने बजेट भोली प्रस्तुत हुने कार्यतालिका रहेको प्रमुख प्रशासकिय अधिकृत शुवास श्रेष्ठले जानकारी दिनुभयो ।
अन्य स्थानिय तहले निती तथा कार्यक्रम र बजेट एकै दिन प्रस्तुत गर्ने र पारित गरेको भएता पनि कमल गाउँपालिकाले यसलाई फरक तरिकाले सञ्चालन गरेको छ ।