उमानाथ भण्डारी
कमल असार १०÷कमल गाउँपालिकाको आगामी आर्थिक वष २०७८÷०७९मा सञ्चालन गरिने निति कार्यक्रम सहित कुल ७१ करोड ५९ लाख ९३ हजार रुपैया को बजेट पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले आज नवौं गाउँसभामा प्रस्तुत गर्नु भएको बजेट अन्तर्गत चालु तथा प्रशासनिक तर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैया र पुँजीगत तर्फ ३५ करोड ५ लाख ९८ हजार रुपैयाको बजेट ं गाउँसभाले पारित गरेको हो ।

पारित गरिएको बजेट अन्तर्गत विकास तर्फ ७ करोड ८९ लाख १० दश हजार,सामाजिक विकास तर्फ ३२ करोड २० लाख १५ हजार पूर्वाधार विकास तर्फ २१ करोड ४७ लाख १८ हजार , वातावरण तथा विपद व्यवस्थापन तर्फ ९१ लाख ५० हजार संस्थागत, सुशासन तथा अन्तर सम्बन्धित ९ करोड १२ लाख रुपैयागरी जम्मा ७१ करोड ५९ लाख ९३ हजार रुपैया बजेट का सागै हिजो गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम नवौं गाउँसभा बाट पारित भएको प्रमुख प्शासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।