उमानाथ भण्डारी
कमल असार १३÷ सुख्खा यामको ४ महिनाको (फागुन, चैत,बैशाख र जेठ) कृषकहरुको बिजुली बिलको ५०% गाउँपालिकाले भुक्तानि गरिदिने ।
एक घर एक पशु विमा कार्यक्रम अन्तर्गत किसानलाई ५०% अनुदान गाउँपालिकाले दिने ।
गाउँपालिका भित्रका ८४५ विपन्न परिवारको स्वास्थ विमा गाउँपलिकाले गरिदिने ।
– गाउँपालिकाका विभिन्न विद्यालयमा पढाइ हुँदै आएको प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने ।
– गाउँपालिका भित्रका विपन्न सतार मुसहर झागड र मिस्त्रि जातिका १५ उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क १८ महिने प्राविधिक विषय पढाउने ।
–कोभिड संक्रमित व्यक्तिलाई बाहिरको अस्पताल लगेर उपचार गर्नु परेमा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने, साथै कोभिडका कारण नागरिकको मृत्यु भए परिवारलाई सदगत खर्च बापत २० हजार रुपैया उपलब्ध गराउने ।
–विपन्न परिवार र बस्तीमा निःशुल्क खानेपानीको धारा जडान गरि दिने ।
–विपन्न महिलाहरूलाई जिवनयापनको लागि निःशुल्क ३५ वटा ठेला भेन उपलब्ध गराउने ।
–बुबाआमा विहिन बालबालिकालाई गाउँपालिकाले अभिभावकत्व ग्रहण गर्नेे ।
–गत वर्ष गाउँपालिकामै स्थापना गरेको माटो परिक्षण ल्यावमा कृषकका खेतको निःशुल्क माटो परिक्षण गर्ने । व्यवसाय प्रवर्धन कोषलाई निरन्तरता दिने । गत साल कोषबाट २१ जना उद्यमी कृषकले १९ लाख रुपैया लिएकामा त्यसलाई यो वर्ष पनि निरन्तता दिने ।
कमल गाउँपालिकाको मुख्या बजार केरखामा माथिल्लो निकायले बजेट अभाव देखाएर वर्षै देखी आलटाल गर्दै आएकोमा यसै आर्थिक वर्ष भित्रमा गाउँपािलकाकै बजेट बाट कालोपत्रे गर्ने जस्ता लोकप्रीय कार्यक्रम नवौं गाउँ सभा बाट पारित भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।