सवारी दुर्घटनामा एमाले नेता प्रसाईंको निधन

कमल । झापाको भद्रपुर नगरपालिका ९ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा सवारी दुर्घनामा परि झापाका एमाले नेता ज्ञानुराम प्रसाईको मृत्यु भएको छ ।आज बिहान ११ बजेर ४० मिनेटमा दुर्घटनामा परेर प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।

बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं। को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

Back to top button