स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन द्वारा शिक्षक तथा कर्मचारीलाई एक महिनासम्म जुम एप्लिकेसन बाट शैक्षिक तालिम सञ्चालन गरिने

कमल , साउन १८ ÷ स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन नेपालको आयोजनामा साउन १६ गतेबाट नेपाल भरिका आम शिक्षक तथा कर्मचारीलाई एक महिनासम्म जुम एप्लिकेसन द्वारा शैक्षिक तालिम सञ्चालन गरिने छ ।
शिक्षक तथा कर्मचारीहरूको पेसागत हकहित र बिकासका लागि ११ जना शिक्षा सम्बन्धी रास्ट्रियस्तरका विज्ञ प्रशिक्षकबाट सामान्य कम्प्युटर ज्ञान देखि कक्षाकोठामा प्रयोग हुने अन्य मोवाइल एप्लिकेसन, कक्षाकोठामा प्रयोग हुने महत्त्वपूर्ण अनलाइन पेज, अनलाइन लेखा प्रणालीका बिषय तथा अन्य अनलाइन सम्बन्धी विविध विषयमा समेत तालिम सञ्चालन गरिने आयोजकले बताएको छ।
तालिममा देशभरिबाट एक हजार जना शिक्षक तथा कर्मचारीहरूको सहभागीता रहने आयोजकले लक्ष्य लिएको छ उपाध्यक्ष तथा १ नं. प्रदेश संयोजक मातृका सुवेदीले दिनुभयो ।
तालिम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि शिक्षा पत्रकार विष्णु बरालले गर्नु भएको थियो भने युनियनका अध्यक्ष रामराज राजवंशीको अध्यक्षतामा सम्पन्न उद्घाटनसत्रको कार्यक्रम संचालन महासचिव जीवन तिमल्सिनाले गर्नुभएको थियो ।

Back to top button