उमानाथ भण्डारी
कमल, साउन २०÷ कमल गाउँपालिकामा सरुवा भई आउनु भएका काजिमान राईलाई एक कार्यक्रमका विच स्वगत गरिएको छ भने सरुवाभई जानुहुने सुवास श्रेष्ठलाई विदाई गरिएको छ ।
ईलामको चुलाचुली गाउँपालिका बाट सरुवा भई आउनु भएका राईलाई गाउपालिका अध्यक्ष मेनुका काफ्लेले नेपाली टोपी लगाएर स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष बेनु सिवाकोटी वडा अध्यक्ष कार्यपालिका सदस्य तथा कर्मचारीले टिका,अविरका साथमा खादा लगाए स्वागत गर्नु भएको थियो ।

त्यसैगरी कमल गाउँपलिका बाट सरुवा भइ ईलामको चुलाचुली गाउँपालिका जानुभएका श्रेष्ठलाई गाउँपालिकाकी अध्यक्ष काफ्लेले सम्मान पत्रका साथै मायाको चिनो दिएर विदाई गर्नु भएको थियो उपाध्यक्ष सिवाकोटी, वडा अध्यक्ष कार्यपालिका सदस्य तथा कर्मचारीले टिका तथा खादा लगाएर विदाई गर्नु भएको थियो ।

सोही कार्यक्रममा कुईनेटो मिडिया प्रा.लि कमल गाउँपालिका र मदानी मिडिया दमकका तर्फ बाट समेत प्रमुख प्रशासकिय द्वयलाई खादा तथा सम्मानपत्र द्वारा स्वगत तथा विदाई गरिएको थियो ।

२०७५ साल असोज ४ गते देखी चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत राईले आज बाट कमल गाउँपालिकामा हाजिर भएर आफ्नो कार्यभार सन्चालन गर्नु भएको छ भने २०७६ साल भदौ ९ गते देखी कमल गाउँपालिकामा आउनु भएका श्रेष्ठले आजै चुलाचुली गाउँपालिकामा हाजिर भई कार्यभार सन्चालन गर्नु भएको छ ।

कमल गाउँपलिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, १ नम्वर वडा अध्यक्ष केदार कटुवाल , ७ नम्वर वडा अध्यक्ष पृथ्विपती राई , कर्मचारीका तर्फ बाट शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले स्वगत तथा विदाई मन्तव्य राख्नु भएको थियो भने प्रमुख प्रशासकिय द्वय राई र श्रेष्ठले आ आफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रम प्रशासन शाखा प्रमुख तुलसी ओझाले सन्चालन गर्नु भएको थियो ।