कमलनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्दै विहिवार बाट छैटौ स्थापना दिवश मनाउन सुरु गरेको हो ।
सप्ताहप्यापी कार्यक्रम मनाउने क्रममा पहिलो दिन जेसीज सचिवालयमा औपचारीक कार्यक्रमका साथै केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाल जेसीजका वर्ष १७ का अध्यक्ष जेसी प्रकास अधिकारी, मात्रीशाखा दमक जेसीजका वर्ष २१ का अध्यक्ष जेसी सुयोग खरेल, कमलनगर जेसीजका सस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपाने, गौरादह जेसीज वर्षका २१ का अध्यक्ष एकराज घिमिरे लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

त्यसैगरी सोहिदिन कमल गाउँपालिका वडा नम्वर २ का मृगौला पिडीत मानबहादुर भण्डारी लाई कार्यक्रमका प्रमुख अतिथी समाजसेवी हुकुम सिह राई मार्फत १५ हजार रुपैया विरामीका बुवा गोविन्द बहादुर भण्डारी लाई हस्तान्तरण गरेको कमल नगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालले जानकारी दिनुभयो ।
पिडित भण्डारी कमल गाउँपालिका २ स्थित ज्योती माध्यमिक विध्यालयमा कक्षा १ मा अध्यानरत हुनुहुन्छ ।