कमल , भदौं ६ ÷ झापाका १५ वटा स्थानिय तह मध्ये झापा गाउँपालिकाको सबै भन्दा कम बेरुजू देखीएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार झापा गाउँपालिकाको बेरुजू शुन्य दशमलव ०६ प्रतिशत रहेको छ ।
त्यसैगरी कमल गाउँपालिकाको शुन्य दशमलब ०८ प्रतिशत मात्र बेरुजू देखीएको छ ।सैगरी शिवसताक्षी नगरपालिकाको सबै भन्दा कम बेरुजू देखिएको छ ।
प्रतिवेदन अनुसार लेखा परिक्षण गरिएको कुल रकम १ अर्व ९० करोड ५३ लाख ६८ हजार रुपैयाँ मध्ये अर्थात ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । यो रकम कुल रकमकोे शुन्य दशमलव ०६ प्रतिशत हो ।
गौरीगंज गाउँपालिकाको बेरुजु रकम १ करोड १५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परिक्षण गरिएको कुल रकम ९९ करोड ४३ लाख १ हजार रुपैयाँको १ दशमलव १६ प्रतिशत रकम बेरुजु देखिएको हो ।

झापाका १५ वटा स्थानिय तहहरू मेची नगरपालिकाको बेरूजु प्रतिशत २ दशमलव २७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४ दशमलब २३ प्रतिशत, दमक नगरपालिकाको १ दशमलब ०९ प्रतिशत, कन्काईको १ दशमलव ३४ प्रतिशत, अर्जुनधाराको २ दशमलव ९० प्रतिशत, गौरादहको १ दशमलव ४६ प्रतिशत, हल्दीबारीको २ दशमलब ५९ प्रतिशत, बाह्रदशीको १ दशमलब ६६ प्रतिशत, बुद्वशान्तिको २ दशमलब २० प्रतिशत बेरुजी रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
झापाका १५ वटा स्थानिय तह मध्ये कचनकवल गाउँपालिकाको बेरुजी सबै भन्दा बढी देखिएको छ । लेखा परिक्षणगरिएको १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाको ६ दशमलव ०६ प्रतिशत रकम अर्थात ७ करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु देखिएको हो ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपुर्याई कारोवार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई महालेखाले वेरूजु देखाउने गरेको छ ।