भट्टराई द्वारा जन्मदिन दिनको अवसरका पुरस्कार राशी स्थापना

कमल भदौ ६ ÷झापाको कमल गाउँपालिका ३ निवासी एक व्याक्तिले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर सामाजिक कार्यमा लगाउने हुनुभएको छ ।
१५ वर्ष देखी सहकारी अभियानमा लाग्नु भएका र हाल लेकवेसी कृषि सहकारी सस्थाका व्यावस्थापक समेत रहनु भएका नारायण भट्टराईले आज परेको आफ्नो जन्मदिनको अवसरमा सहकारीमा लागेर विभिनन क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिलाई जिल्ला सहकारी संघ झापा मार्फत पुरस्कृत गर्ने गरि ३० हजार नगद रुपैया जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र उपाध्यक्ष प्रेमकुमार कोईरालालाई हस्तान्तरण गर्नु भएको हो ।
यो अत्यन्तै राम्रो कार्य हो । अव तुरुन्तै संघको वैठक वसेर यो रकमलाई दोब्बर बनाउने छौ । यसका साथै यस्तो राम्रो कामकालागी अरु कसैले रकम थपगर्न चाहेमा रकम थप गर्न सकिने जिल्ला सहकारी संधका अध्यक्ष गणेश ढकालले बताउनुभयो ।
सहयोग दाता र संघको निर्णयमा हरेक वर्ष सहकारीको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने एकजना लाई पुरस्कृत गरिने सघका उपाध्यक्ष कोईरालाले बताउनु भयो ।

Back to top button