कमल , भदौ ७ ÷ प्रेस चौतारी झापाले आज झापाका कोभिड १९ सक्रमित तथा स्वास्थ्यमा विविध समस्या झेलिरहेका झापाली पत्रकारहरूलाई पौष्टिक आहार वितरण गरेको छ ।
झापामा रहेर पत्रकारीता गरिरहेका झापाली पत्रकारहरू गणेश पोख्रेल, पुष्प खड्का,विष्णु लम्साल, लिलाराज झापाली आकृती तिम्सिना, सिएम चुडामणी शर्मा, माधव कल्पित, हिमाल खरेल,अनुष्का चुडाल लगायत लाई घरै पुगेर पौष्टिक आहार वितरण गरिएको प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिनुभयो ।
लाईफ लाईन अस्पताल दमकद्वारा सहयोग प्राप्त पौष्टिक आहार संक्रमित पत्रकारलाई घरमै पुगेर वितरण गरेको हो ।
प्रेस चौतारी १ नम्बर प्रदेश कमिटी सदस्य मीनप्रकाश उप्रेती, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगाएतको टोली सक्रमित पत्रकारको घरमा पुगेर आहार प्रदानगर्नु भएको हो । ।