उमानाथ भण्डारी
कमल , साउन १० निर्वाचित महिला जनप्रतिनिधीलाई अवका दिनमा राजनितीक प्रशिक्षणका साथै प्रविधी मैत्री तालमिको अवश्यकता रहेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
दलित महिला केन्द्र नेपाल काठमाण्डौ द्वारा संचालीत आज भच्र्युअल मिटिङ्ग द्वारा शि लिड्स (महिला नेतृत्व) विषयक कार्यक्रम अन्र्तगत आज झापाको कमल गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधी तथा स्थानिय राजनिती दलका प्रतिनिधी सगको छलफल तथा अन्तरकृया कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष काफ्लेले यस्तो बताउनु भएको हो ।

नेपालको संविधानमा ३३ प्रतिशत महिला सहभागतिा सुनिश्चित भएपनि राजनैतिक दलमा अझै पनि यसको व्यवस्था नभएका कारण महिलाहरु अझै पछि परि रहेको काफ्लेले बताउनु भयो ।
यस्ता महिला लक्षित कार्यक्रम नेपाल सरकारले चलाउनु पर्ने भएपनि आज एक गैर सहकारी सस्थाले सन्चालन गरेकोमा अध्यक्ष काफ्लेले धन्यवाद दिनुभयो ।
निवार्चित महिला जनप्रतिनिधी द्वारा संचालित शि लिड्स सस्था २०१६ मा दर्ता भएको हो । यस सस्थाले हाल नेपालका विभिन्न जिल्लामा महिला तथा दलित समुदयलाई लक्षित गरि विभिन्न कार्यक्रम संचालन गर्दैआईरहेको छ ।
यस संस्थाले सन २०२० को सूरुवात देखि झापा जिल्लाका ६ वटा स्थानीय तह जस अन्तर्गत वुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, शिवसत्ताक्षी , दमक र कमल गाउँपालिकमा गत निर्वाचनमा आरक्षण कोटा तथा महिला खुल्ला वाट विजयी भएका महिलाहरुलाई चरण वद्ध रुमा नेतृत्व विकासको तालिम दिईरहेको छ ।
विभिन्न मडुल ( मोडूलय १, २, ३ र ४ गरि ४ दिनका दरले तालिम योजना गरिएअनुसार पहिलो मोडुल को तालिम पछि कोरोनाका कारणले भौतिक रुपमा जम्माहुन नस्कदा दोस्रो पटकको तालिम र त्यसपछिका मोडूलहरु संचालन हुन नसकिरहेको आयोजकले जनाएको छ ।
विशेष गरि महिलाहरुलाई अधि वढाउन सम्वन्धित राजनैतिक पार्टी भित्र आवज वुलन्द गर्न सकुन र स्थानीय तहहरुमा आफना आवज उठाउन सकुन भनि महिला जनप्रतिनिधीलाइ सस्थाले विभिन्न विषयको तालिम दिदैआएको छ ।

यस अलवा राजनैतिक पार्टीका प्रमुख पत्रकार, जनप्रतिनिधका परिवार, महिला संजालहरुलाई पनि वातावरण तयारीको लागि छलफल र गोष्टि गर्ने गरेको । तर कोरोनाकाकारणले तालिम सोचे अनुसार अधि बड्न नसकेको सस्थाका झपाका तालिम संयोज सोमराज ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा कमल गाउँपालिकाका निर्वाचित महिला नजप्रतिनिधी अन्र्तगत सिता निरौला, सारदा पौडेल र भुमिका महराले यस अघि सन्चालित तालिम अत्यन्तै प्रभाव कारी भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका खगेन भण्डारी माओवादी केन्द्रका प्रताप सुब्बा कमल गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम लगायतले कार्यक्रम अन्यन्तै प्रभावकारी भएको बताउनु भयो ।
कार्यक्रममा सस्थाक अध्यक्ष गौरा नेपालीले सस्थाको बारे जानकारी गराउनु भएको थियो भने नविना सापकोटाले सस्थाले यस अघि गरेका कार्यक्रकमको बारेमा जानकारी गारउनु भएको थियो भने मिना कट्टेलले कार्यक्रमको उपलब्धि र कार्यक्रम सन्चालन गर्दा आई पर्ने चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थिया ।