कमल ३ को वडा सभापतिमा ः बोहोरा

कमल भदौ २१÷राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ ।

युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा १९ वर्षीय युवतीले वडा सभापति जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

यसैगरी झापाको कमल गाउँपालिकामा वडा नम्वर ३ मा समेत जेष्ठता र राजनितीमा समेत आफुभन्दा सिनीयरलाई पछि पार्दै ३५ वर्षिय लक्ष्मण वाहोरा वडा सभापतीमा निर्वाचित हुनुभएको छ ।

आईवार साँझ प्राप्त निर्वाचन परिमाण अनुसार बोहोराले ७५ मत प्राप्त गरी वडा सभापतीमा विजयी हुनु भएको हो । वहाँसगै सभापतिको प्रतिस्पर्धामा आउनुभएका होमराज लिम्बुले ५७ , मोहन श्रेष्ठले १९ र रविन गिरीले ३ मत प्राप्त गर्नु भएको निर्वाचन समितीले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा टिकाराम ढकाल र विपिन निरौला सचिव गणेश पोख्रेल र दुर्गा प्रसाद कोईराला सह सचिव धान्य प्रसाद बराल र नविन खतिवडा सदस्यमा छविलाल बराल, वित बहादुर वानिया, पदमलाल बास्कोटा र सन्तोस गौतम निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिती संयोजक गंगा प्रसाद प्रसाईले जानकारी दिनुभयो ।
समितीको खुल्ला तर्फ छत्रपती खनाल, लोकनाथ खनाल, गौरीमान फागो, भुवन चम्लागाँई, सिता अधिकारी र एपीलाल ईङ्गनाम तथा मधेशीकोटा बाट कृष्ण कुमार ठाकुर, आदीवाशी जनजाती तर्फ कुल बहादुर लुङ्गफुङ्गवा र दल बहादुर श्रेष्ठ, खस आर्यनतर्फ झुमनाथ पौडेल र दिपक गौतम महिता तर्फ तिलरुपा सुवेदी(दाहाल) । कमला दाहाल, मनमाया थापा र सरस्वती गौतम दलित तर्फ हुमादेबी रम्तेल सर्ब सम्मत निर्वातिच हुनुभएको संयोजक प्रसाईले बताउनु भयो ।

Back to top button