उमानाथ भण्डारी
कमल , भदौ २३ ÷ कमलमा ५४ अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय शिक्षा दिवश २०७८ को अवसरमा छात्रावृति वितरण र शैक्षिक अन्तरक्रिया
झापाको कमलमा ५४ अन्तराष्ट्रिय साक्षरता दिवश तथा राष्ट्रिय शिक्षा दिवश २०७८ को अवसरमा छात्रावृति वितरण तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“मानव केन्द्रित पुनर्लाभका लागी साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्युनता” भन्ने नाराका सँथ मनाईएको सो कार्यक्रममा कमल गाउँपालीका भित्र स्थाई वसोवास गर्ने नागरीका छोराछोरीले प्राविधिक विषय लिएर अध्यायन गर्ने ५६ जना विध्यार्थिलाई गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले छात्रावृति वितरण गर्नुभएको थियो ।

गाउपालिकाले चालु आर्थिक वर्षमा छात्रवृति वितरणका लागी ५ लाख रुपैया विनियोजन गरेको थियो । विनियोजित रकम मध्ये कमल गउँपालीका वडँ नम्वर २ स्थित महेन्द्र रत्न मँध्यमिक विध्यँलयमा सिवल ईन्जिनियरमा अध्यायनरत २७ जनँ र वडँ नम्वर ७ स्थित सरस्वती मँध्यमिक विध्यँलयमा कृषि र भेटेरीनरी विषयमा अध्यायनरत २९ जना जम्मा ५६ जना विध्यार्थिलाई दामासाहिले प्रतिविध्यार्थि ८ हजार ९ सय २८ रुपैया का दरले छात्रावृति वितरण गरिएको अध्यक्ष काफ्लेले बताउनु भयो ।

छात्रवृति वितरणले प्राविधिक विषय लिएर अध्यायन गर्ने विध्यार्थिलाई ठुलो सहयोग पुग्ने छ भने प्रविधिक विषय लिएर अध्यायन गर्न चाहाने विध्यार्थिलाई समेत प्रोत्साहन मिल्ने प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनु भयो ।
गाउँपालिकाले छात्रवृति वितरणका साथै शैक्षिक क्षेत्रमा वृहत कार्यक्रम गर्ने योजना भएपनि कोभिड का कारण अन्य कार्यक्रम गर्न नसकिएकाले छात्रवृती वितरण र शैक्षिक अन्तरकृया कार्यक्रम मात्र गरिएको अधिकृत राईले बताउनु भयो।

त्यसैगरी गाउँपालिकाले चालु आर्थिक वर्ष देखी प्राविधिक विषयका साथै गाउँपालिका स्थाई वसोवास गर्ने पिछडत वर्ग सतार ,धिमाल , दलित लगायका जाती जनजातीलाई समेत आत्रवृति दिने निर्णय भएको शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा प्याप्सन कमलका अध्यक्ष बदी राई ,शिक्षा समिती सदस्य नारायण गौतम, एन प्याप्सन १ नम्वर प्रदेशका सह सचिव अग्नि प्रसाद कोईराला शिक्षक महासंघ कमल का अध्यक्ष मधुसुधन अधिकारी लगायतले छात्रावृति वितरण तथा कोभिडका कारण शैक्षिक क्षेत्रमा परेको असरका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रम शिक्षा शाखाका अधिकृत रविन गौतमले सन्चालन गर्नु भएको थियो ।
्