कमल गाउँपालिकाले गर्यो राष्ट्रिय बालदिवस २०७८ को अवसरमा अन्तर विध्यालय स्तरिय वक्तृत्वकला

कमल, साउन २९÷ राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाले विध्यालय स्तरिय वक्तृत्वकला प्रतियोगित सम्पन्न गरेको छ ।
“सामान्य अवस्थामा वा कोभिड माहामारी,बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका १२ वडा विध्यालयका विध्यार्थि सहभागी रहनु भएको थियो । सहभागी विध्यार्थि मध्ये वण्डरल्या बोडिङ्ग स्कुल कमल ३ की छात्रा अङकिता सुवेदी प्रथम , मंगलमय माध्यमिक विध्यालय कमल ५ कि छात्रा सञ्जना बस्नेत द्वतिय, साउथपोल अग्रेजी

This image has an empty alt attribute; its file name is 78-1024x461.jpg
This image has an empty alt attribute; its file name is g-1024x461.jpg

माध्यमिक कमल ५ कि छात्रा अनिशा खत्री तृतिय सरस्वती माध्यामिक विध्यालय कमल ७ की छात्र प्रगती दाहाल , व्राईटÇयुचर बालक्लव कमल ७ का बाबुरामा न्यौपाने सान्त्वता हुनुभएको निर्णायक मण्डलका संयोजक विन्दु दाहाल मुकदर्शकले जानकारी दिनुभयो ।


प्रतियोगितामा विजेता विध्यार्थि लाई गाउँपालिका अध्यक्ष मेनुका काफ्ले ,प्रमुख प्रशासकिय अधिकृत काजिमान राई, शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, महिला तथा बालबालिका शाखा रेनुका गौतमले विजेता विध्यार्थिलाई बधाई तथा शुभकामना मन्तव्य सहित प्रमाणपत्र तथा नगद क्रमश ४ हजार, ३ हजार, २ हजार १ हजारका दरले प्रदान गर्नुभएको थियो ।
मंगलमय माध्यमिक विध्यालय कमल ५ का छात्र निश्चल निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोहि विध्यालयकी छात्रा अम्विबा भट्टराई ले सन्चालन गनुभएको थियो ।

Back to top button