राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीको सफत ग्रहण तथा अगुवा कार्यकर्ता भेला

कमल , असोज ३ ÷ नेपाल कम्युनिष्ट पाटी(एमाले) ३ नम्वर वडा वडा कमिटीले आज वडा स्तरिय कार्यकर्ता भेला तथा राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरिएको छ ।
नव गठीत कमिटीको अध्यक्षमा माधव गुराँगाई, उपाध्यक्ष सविन बुढाथोकी र टिका राई सचिव मिलन अधिकारी सह सचिव होमराज बाँस्तोला कोषाध्यक्ष कविता बस्नेत सहति १ सय एक सदस्य वडा कमिटी गठन गरिएको छ ।


नव गठित कमिटीलाई कार्यकाल सफलताको शुभकामना का साथै कार्यकर्तालाई समसामयीक राजनैतिक अवस्थामा पाटी सदस्यहरुको भुमिकाका विषयमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्किले पाटि भर्खरै केहि समस्या बाट ग्रसित भएर मुक्त हुने अवस्थामा छ । पाटिमा राजनैतिक , बैचारिक संगठानिक समस्या बाट मुक्तहुने अवस्थामा छ । पाटीमा देखीएका समस्यालाई रुपान्तरण गर्दै पाटी अघि बढेको कार्किले बताउनु भयो
युवालाई जिम्वेवारी दिने र नेता बताउनुे हो भने ३० देखी ४० वर्षका युवालाई जिम्वेवारी दिनु पर्छ त्यस उमेरका युवामा केहि सोच्ने र गर्न सक्ने क्षमता शुन्छ नव गठीत कमिटीलाई सफत ग्रहण पछि शुभकामना मन्तव्य दिने क्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य तथा झापा अध्यक्ष शम्भु भण्डारीले बताउनु भयो ।


अबको नेतृत्व युवाले लिने बेला आएको छ ।आगामी दिनमा युवाले नेतृत्व निल सफल होस भन्ने हुभकामना दिन चाहान्छु । हिजो सम्म वाडमा पाटीले राखेको विराशत अझ अगाडी बडाउन सफलता मिलोस भन्ने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य शिव ढुङ्गेलले बताउनुभयो ।
नेकपा एमाले ३ नम्वर वडा कमिटी अध्यक्ष भिम चन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी तथा अतिथीलाई नेकपा एमाले ३ नम्वर वडा ईन्चार्ज मधुसुधन अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सचिव भुवन भण्डरीले सन्चालन गर्नु भएको थियो ।

Back to top button