कमल गाउँपालिकाले नागरीकको घर र पसलमा अनुरोध पत्र टाँस गर्ने अभियान सुरु

उमानाथ भण्डारी

कमल, असोज १३÷ कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिए सगै नागरीकको घर र पसलमा अनुरोध पत्र टाँस गर्ने अभियान सुरुगरेको छ ।
“खुशी राखँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार ” भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषण गर्ने कार्यक्रमलाई तिव्रता दिदै विभिन्न ठाउँमा अभिमुखी करण कार्यक्रम गर्नुका साथै बालबालिकालाई समान व्यवहार गरिनुपर्ने, पाँच बर्ष पुगेका सबै बालबालीकालाई अनिवार्य रुपमा विध्यालय भर्ना गराऔं, आफ्ना छोरा छोरीलाई कम्तिमा पनि आधारभुत तहसम्मको शिक्षा दिऔं, बालमैत्री संरचनाहरुको निर्माण गरी बालमैत्री वातावरणमा शिक्षण सिकाई सन्चालन गरौं , बालमैत्री नीतिनियम र आचार संहिताको पुर्ण पालना गरौं गराऔं लगायत बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता मुलक अनुरोध पत्र प्रत्येक घरधुरीमा टाँस गर्ने अभियानलाई तिव्रता दिएको छ ।

This image has an empty alt attribute; its file name is we-2-1024x472.jpg


पहिलो चरणमा गाउँपालिकाले विभिन्न संघ सस्था र टोल विकास सस्थाको सहयोगमा गाउँपालिकाका प्रत्येक घरधुरीमा अनुरोध पत्र टाँस गर्ने कार्यलाई तिब्रता दिएको छ । यसैक्रममा मगलबार गाउँपालिका अध्यक्ष मेनुका काफ्ले , ३ नम्वर वडा अध्यक्ष नरप्रसाद दंगाल, महिला तथा बालवालिका प्रमुख रेनुका गौतम सहजकर्ता सुमन ढकाल लगायत विभिन्न टोल विकास सस्थाका प्रतिनिधी सहितको टोलिले अनुरोध पत्र टाँस गर्ने कार्यलाई तिब्रता दिएको छ ।


बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये ११ वटा सुचक पुरा भएका छन् भने अन्य धेरै सुचकको नजिक पुगेका छौ ।सबै मिलेर कार्यक्रमलाई निरन्तता दिदै छौ र फागुन मसान्त सम्ममा वाल मैत्री घोषणा गर्न सकिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
गाउँपालिकाले सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैया र सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने सामुदायीक विध्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार दोश्रोलाई एक लाख र तेश्रोलाई ५० हजार रुपैया बाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिने अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।
आफ्ना छोराछोरीलाई पुर्णरुपमा बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गरौं र २०७८ साल फाल्गुणभित्र बालमैत्री स्थानिय शासनयुक्त कमल गाउँपालिका बनाउर्दै सभ्यताको परिचय दिन सम्पुर्ण गाउँबासी सँग कमल गाउँपालिकाले अनुरोध समेत गरेको गाउँपालिकाले जनाएको छ ।

Back to top button