उपभोक्त समितीका पदाधिकारीलाई अभिमुखीकरण तालिम

कमल , असोज १४÷ कमल गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन हुने योजना संग सम्बन्धित उपभोक्त समितीका पदाधिकारीलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरेको छ ।
उपभोक्ता समितीलाई तालिम बिना योजाना सन्चालन गर्दा कामको गुणस्तर नहुने ,उपभोक्ता समिती लाई हिसाव फरफारा गर्न पटक पटक गाउँपालिका सम्म पुग्नु पर्ने , जस्ता समस्यालाई न्युनिकरण गर्नका लागी तालिम प्रदान गरिएको गाउाँपलिकाले जनाएको छ ।


तालिममा उपभोक्ता समिती गठन प्रक्रिया, उपभोक्ता समितीको योग्यता र काम कर्तव्य अधिकार लागत अनुमान, नामी, कार्य सम्पादन तथा भुत्तानी प्रक्रिया लगाएतका विषयमा योजना शाखाका अधिकृत रामचन्द्र गजुरेल, ईन्जिनिय सागर यादब, लोखा शाखाका रिता सुवेदी र दिपिन गिरीले सहजी करण गर्नु भएको थियो ।
तालिममा वडा नम्वर ७, ६ र ३ मा सन्चालित योजना संग सम्वन्धित उपभोक्ता समितीलाई प्रदान गरिएको र बाकि वडामा पनि क्रमस सन्चालन गरिने गाउँपालिकाले जनाएको छ ।


Back to top button