कमल, असोज २०÷ राष्ट्रिय सहकारी संघका उपाध्यक्ष रमेश पोख्रेलले सहकारीका सदस्यले उत्पादन गरेको बस्तु अन्तराष्ट्रिय बजारमा पठाउने तयारी भए पनि हामि संग माग अनुसारको उत्पादन नभएका कारण पठाउन नसकिएको बताउनु भयो ।
पुर्वनेपाल बहुउद्येश्यीय सहकारी सस्थाको आज सम्पन्न २१ औं वार्षिक साधारणसभामा प्रमुख अतिथीको शुभकामना मन्तव्यका क्रममा उपाध्यक्ष पोख्रेलले सो कुरा बताउनु भएको हो ।

अहिले अन्तराष्ट्रिय बजारमा नेपालका सहकारीले उत्पादन गरेको सामानको माग प्रशस्तै छ तर उनिहरको माग बमोजीम हामिले दिन सकेका छैनौ । अहिले नेपाली महको चिनमा अत्याधिक माग छ । हाम्रो बर्षभरिको उत्पादनले उहिकरुको एक पटकको माग पनि धान्न सकेको छैन । अबका दिनमा हामिले सदस्यलाई व्यवसायीक बनाउनु पर्छ र सदस्यले उत्पादन गरेको बस्तु तेश्रो मुलुकमा निर्यायत गर्ने वातावरण सहकारीरे बनाउनु पर्ने पोख्रेलले बताउनु भयो ।
जबसम्म सदस्यलाई उध्यमशिलता बनाईदैन तब सम्म सदस्यले बचत गर्न सक्दैन् त्यसैले अबका दिनमा सदस्यलाई उध्यमशिलत तफ लाग्न प्रेरित गर्नु पर्ने नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केषव पोख्रेलले बताउनु भयो ।

जिल्लासहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, नवोदय बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष शरणकुमार पराजुली, ईन्द्रेणी बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष टेकेन्द्र श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सन्चालक समितिका तर्फ बाट अध्यक्ष प्रेम सापकोटा द्वारा प्रस्तुत प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका तर्फ बाट संयोजक केदारनाथ ढुङ्गेलद्वारा प्रस्तुत प्रतिवेदन छलफल पछि अनुमोदन गरिएको थियो ।
सस्थाका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यामबहादु कट्टेलले स्वगत मन्तव्य राख्नु भएको थियो भने सचिव दिपेन्द्र अधिकारीले सन्चालन गर्नु भएको थियो ।
पत्रकारिता तर्फ पराजुली र सहकारी अभियान्ता तर्फ पोख्रेल सम्मानित
साधारणसभाका अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार बाट हिमशिखर टेलिभिजनका समाचार प्रमुख भुमिराज पराजुली, सहकारी अभियान्तातर्फ नेफ्स्कुनका पुर्व कोषाध्यक्ष केषव पोख्रेल सहित दुई दर्जनलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सहकारीले सन्चालन गरेको बालबाल बचत तर्फ उत्कृष्ट कोपिला बचतकर्ताका तर्फ २७ जना बालबालिका तथा सहकारी एकिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने सिह वाहिनी सहकारी र मावासंवृद्धि सहकारीका सन्चालकलाई समेत कदरपत्र द्वारा सम्मान गरिएको थियो ।