उमानाथ भण्डारी
कमल, असोज २३÷ निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) कमलले शुक्रवार एक कार्यक्रमका बिच विजयादशमी, शुभ दीपावली,मह पुजा एवम् छैट पर्व २०७८ को अवसरमा शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
प्याव्सन कमलले शुभकामना आदान प्रदनाका साथै गत भदौ २८ गते सम्मन्न प्याव्सन कमलको नव निर्वाचित पदाधिकारी सँग परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको छ ।
कोभिडका १९ का कारण निजि विध्यालय लामो समय सम्म बन्धगर्नु पर्यो यसले निजी विध्यालयलाई थला परेको छन् । स्थित अव समान्य हुदै गएकोले विध्यालय सन्चालनमा आएका छन् यो सकारातमक संकेत भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
हामिले कार्यक्रम भव्य रुपमा गर्ने सोच बनाएका थियौ तर कोभिडका कारण ठुलो गर्न सकिएन यसका साथै भर्खरै सम्म अधिवेशन बाट कमल प्याव्सनको नयाँ नेतृत्व सँग शुभकामना आदान प्रदान तथा परिचय गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्याव्सन कमलका अध्यक्ष बदीराम राईले बताउनु भयो ।

गाउँपालिका ४ स्थित होटल ल्याण्डमा आयोजना गरिएको कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरिमान फागो लगायतले चाडपर्व विशेष शुभकानना तथा नव निर्वाचित समितीलाई कार्यकाल सफताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम प्याव्सन कमलका सचिव दिपक संग्रौलाले सन्चलन गर्नु भएको थियो भने महासमिती सदस्य हरेन्द्र बस्नेतले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।
प्याव्सन कमल अध्यक्षमा ः राई

प्याव्सन कमलको दोश्रो अधिवेशन बाट अध्यक्षमा पुन बदीराम राई निर्वाचित हुनुभएको छ ।
गत भदौ २८ गते सम्मपन्न अधिवेशन बाट सचिव दिपक संग्रौला, कोषाध्यक्ष राम प्रसाद आङ्गदेम्बे,सदस्य रिता खनाल, गोविन्द तिवारी, तिलोचन गौतम, केशव तिम्सिना निर्वाचित हुनुभएको निर्वाचन समितीका संयोजक रामहरी घिमिरेले जानकारी दिनुभयो ।