उमानाथ भण्डारी
कमल, असोज २३÷ ग्लोवल एजुकेशनल एकेडेमी माध्यमिक विध्यालय दमक ६ ले आज आफ्नो रजत महोत्वस तथा विजया दर्शैको शुभकामना आदान प्रदानका साथै पत्रकार तथा शिक्षकलाई सम्मान तथा विदाई गरेको छ ।
दमकलाई शिक्षाको हव बनाउने उद्देश्यीयले २०५३ सालमा ३३ जना शिक्षा प्रेमीबाट स्थापना गरिएको विध्यालयले विभिन्न आरोहअवरोह पारगर्दै आज रजत महोत्वस मनाउनुका साथै विभिन्न व्याक्तिलाई सम्मान तथा विदाई गरेको हो ।
झिलझिले स्थित वाटर किङ्गडम पार्कको सभाहलमा भएको कार्यक्रममा रजत महोत्वसका अवसरमा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, शिक्षक नवलचन्द्र गुरागाई लाई दोसल्लाका साथै सम्मानपत्र द्वारा सम्मान गरिएको थियो भने शिक्षा समिती संयोजक डिल्लिप्रसाद भट्टराईलाई विदाई गरिएको थियो ।

शिक्षकले विध्यार्थिलाई ८ घण्टा घोकाउने भन्दा पनि विध्यार्थिैको भावना बुझेर उनिहरुलाई पढ्ने वातावरण श्रृजनागर्नु प्रमुख कुरा हो ।पछिल्लो समयमा नकारात्मक कुराहरुको वढी प्रचार हुनेगरेकोले विध्यार्थिलाई सकारात्मक सोचको विकास गर्नू आजको शिक्षाको प्रमुख उद्देश्यीय रहेको प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताउनु भयो ।
विध्यालयको रजत महोत्वस सम्म ल्याई पुर्उाउन महोत्वपुर्ण योगदान गर्ने विशिष्ट व्याक्तित्व तथा पत्रकारलाई सम्मान गर्नुको उद्देश्यीय र विध्यालय स्थापना देखी हालसम्म ध्यिालयले गरेका विभिन्न गतिविधिका बारेमा पुर्व अध्यक्ष तथा हाल शिक्षा समिती संयोजक खेम प्रसाद भण्डारीले जानकारी गराउनु भउको थियो ।

विध्यालयका अध्यक्ष दिल बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य गुणराज अधिकारी ,प्याव्सन झापा वरिष्ठ उपाध्यक्ष गौरीमान फागो ,पत्रकार गञ्जबहादुर दाहाललगायले शुभकामनम मन्व्य राख्नु भएको थियो भने कार्यक्रम विध्यालयका शिक्षक श्याम प्रसाद आचार्यले सन्चालन गर्नु भएको ।