उमानाथ भण्डारी
कमल , कात्तिक ७÷ कमल गाउँपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वस्थ्य शिवर आज बाट सुरु भएको छ ।
कमल गाउँपालिका ३ स्थित मदन आश्रीत स्मृति क्याम्पसको सभाहलमा भएको शिविरमा गाउँपालिकमा रहेका महिलाको पाठेघरको क्यान्सर सम्बन्धि जानकारी र उपचार ,आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार तथा परामर्श ,स्त्रीरोग सम्बन्धी परिक्षण तथा पाठेघरको मुखको मयलको परिक्षण लगायतको उपचार गरिने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुएको ।

गाउँघरका महिलाले आफ्नो समस्या परिवारमा भन्न लजाउने गरेकाले पनि समस्या जटिल बन्दै गएको छ । विशेष गरेर २५ देखी ६५ वर्षका महिलामा यस्तो समस्या बढी देखिने गरेको छ । शिविरमा महिलामा देखीने विभिन्न प्रकारका रोग सम्बन्धिको उपचार गर्नुका साथै परामर्श दिने स्त्रीरोग विशेषज्ञ डाक्टर रीती लामिछानेले बताउनु भयो ।

गाउँपालिकाका महिला स्त्रीरोग सम्बन्धि विभिन्न समस्या बाट पिडित हुनुहुन्छ । आफु सग भएको रोग परिवारका सदस्यलाई भन्न नसक्नु र कमजोर आर्थिक अवस्था भएका कारण बाहिर गएर उपचार समेत गर्न नसक्ने महिलालाई उपचारमा सहयोग भन्ने उद्दृेश्यीयले शिविरको आयोजना गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

आज पहिलो दिनको शिविरमा २ सय जनाले परिक्षण गराएको र शिविर भोलि सम्म सन्चालन हुने स्वस्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।