उमानाथ भण्डारी
कमल ,कात्तिक ८÷ मन्दिर हिन्दुहरुको मात्र नभएर सबै धर्मालम्विहरुको साझा सस्था भएको झापा क्षेत्र नम्वर ५ “क” का प्रदेश सभाका सांसद हिक्मतकुमार कार्कि बताउनु भएको छ ।
आज झापाको कमल गाउँपालिका २ समयगढ स्थित भुमेश्वर शिव पञ्चायन मन्दिरको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा सो कुरा बताउनु भएको हो ।

मन्दिर निर्माण गर्नु भनेको कुनै एक धर्म र संप्रदायको मात्र नभएर सम्पुर्ण नेपालीहरुको साझा सस्था हो । मन्दिर हाम्रो धर्म संकृति र गौरव संग जोडिएको छ । मन्दिर लाई हिन्दुको मन्दिर भनिरहनु पर्दैन यो सबै नेपालीहरुको साझा हो । हाम्रा कुनै पनि चाडपर्व जातिय र धार्मिक हिसावले घेरिएका छैनन् । दशै,तिहार लगायतका पर्व हाम्रा धमर्, सस्कार, संस्कृती सबैको साझा भएको समेत कार्किले बताउनु भयो ।
स्थानिय वासीले गतवर्ष देउसी खेलेर तथा जनश्रमदान बाट २२ लाख रुपैया भन्दा बढीको लागतमा मन्दिर निर्माण गरिएको मन्दिर समितीले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष हजेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष वेणु सिवाकोटी दुई नम्वर वडा अध्यक्ष ताराप्रसाद न्यौपाने स्थानिय समाजसेवी लगायतले मन्दिर निर्माण गर्नु प्रशंसयोग्य भएको र यसले सबैलाई एकतामा बाँध्ने बताउनु भयो ।
कार्यक्रममा जग्गा दाता विश्वनाथ तथा सीतादेबी कोईराला, मुर्तिदाता शिवप्रसाद खतीवडा, मन्दिरलाई सहयोग गर्ने विभिन्न व्याक्ति लगायतलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
नारायाण बस्नेतले सन्चालन गर्नु भएको कार्यक्रमा मन्दिर व्यवस्थापन समितीका सदस्य धन वहादुर बस्नेतले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।