उमानाथ भण्डारी
कमल ,कात्तिक , १४ । २०७८ साल मंसिर मसान्तमा चुलाचुली गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा चुलाचुली गाउँपालिका लागी परेको छ ।
“बाल मैत्री पद्धति र ब्यावहार, समृद्ध चुलाचुलीको आधार“ भन्ने नाराका साथ गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा सिंगो गाउँ पालिका लागी परेको हो ।

गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियान अन्तर्गत अहिले गाउँपालिकामा रहेका विध्यालयमा बाल ब्लव गठन, विद्यालयका बालबालिका, शिक्षक शिक्षिका तथा सरोकारवालाहरुसँग अन्तक्रिया कार्यक्रम लाई निरन्तता दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
बालमैत्री अभियानलाई सफल बनाउन विभिन्न विध्यालयमा अन्तरक्रिया कार्यक्रम चलिरहेको छ । त्यसैगरी बालमैत्री अभियानलाई सफल बनान आवश्य सुचक कतिपय पुरा भएका छन् भने बाँकि रहेका सुचक पुरागर्न लागी परिरहेका छौ । यसैगरी आउदै गरेको दिपावलीलाई लक्षित गरेर बालमैत्री देउसी खेल्ने तयारी भै रहेको चुलाचुली गाउँ पालिकाका अध्यक्ष प्रदिप चन्द्र राईले जानकारी दिनुभयो ।