शहिद धर्मभक्त मा.वि. केर्खामा विध्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न

कमल ,कात्तिक १५÷कमल गाउँपालिका ३ केर्खा स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा आईतवार विध्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।
विध्यालय व्यवस्थापन समितिकालागी खुल्ला र महिला कोटाका लागी आवश्यक चार सदस्यकालागी निर्वाचन भएको हो ।
अभिभाव रहेको वि निर्वाचनको प्राप्त मत परिमाण अनुसार खुल्ला सदस्य तर्फ लेखनाथ खतिवडा ( १४३) मत र कुमार ढुङ्गेल ( १३२) मत प्राप्तगरी विजयी हुनु भएको छ भने वहाँका प्रतिद्वन्दि क्रमश दुरेन्द्रबहादुर नेम्बाङ्ग (१०९) मत र महेन्द्रकुमार लिम्बुले (९६) मत पाप्त गर्नु भएका निर्वाचन समितीले जानकारी दिएको छ ।

This image has an empty alt attribute; its file name is kk-1024x768.jpg


त्यसैगरी महिला कोटा तर्फ निर्मला बजगाई (१३९) मत र विमला राईले (१३७) मत प्राप्त गरी विजयी हुन भएको छ भने वहाँका प्रतिद्वन्दि क्रमस अमृता लामाले (१०३) मत र रीता राई शेर्पाले (९३) मत प्रापत गर्नु भएको निर्वाचन अधिकृत सुर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कुल ४ सय ४ जना मतदाता रहेको मा २ सय ५९ मत मात्र खसेको थियो जसमा ७ मत बदर भएको निर्वाचन समितीले जनाएको छ ।
विध्यालय व्यवस्थापन समितिकालागी निर्वाचन प्रक्रिया बाट निवाचित ४ जना, शिक्षक प्रतिनिधी १ जना , सम्बन्धित वडाका वडा अध्यक्ष १ जना र विध्यालयमा प्रधाना ध्यापक पदेन सदस्य रहेको ७ सदस्य समितीले पुन १ जना पुरुष र १ जना महिला सदस्य मनोनित गर्ने छ । त्यस पछी मात्र विध्यालय व्यवस्थापन समितीको अध्यक्ष छनौट गरिने विध्यालयले जनाएको छ ।

Back to top button