उमानाथ भण्डारी
कमल ,कात्तिक १५÷कमलनगर जेसीजले नागरीक सम्मानग गर्दै सप्ताह कार्यक्रम आईतवार सम्पन्न गरेको छ ।
जेसीजले समाज परिवर्तनका लागी महत्वपुर्ण योगदान पुर्याउने कमल गाउँपालिकामा स्थाई वसोवास गर्दै आउनु भएका ७ जना समामाजिक अगुवालाई नागरिक सम्मान गर्दै आफ्नो सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको हो ।
नागरिक बाट सम्मानित हुनुहुनेमा देवि प्रसाद तिम्सिना, पुर्णनन्द शर्मा, दलमान बस्नेत,नरेन्द्र प्रसाद सापकोटा, खड्ग वहादुर ढुङ्गाना, टिका सिटौला, भोजराज दाहाल, विरभद्र पोख्रेललाई प्रमुख अतिथी नेपाल जेसीजका पुर्व अध्यक्ष जेसी प्रकास प्रसाद अधिकारीले दोसल्ला तथा सम्मान पत्र द्वारा सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा जेसि प्रमास प्रसाद अधिकारी, जेसि केदार कटुवाल, दमक जेसिजका अध्यक्ष जेसी सुयोग खरेल ,लोकनाथ खनाल, प्रेम बहादर पोख्रेल, प्रताव सुब्बालगायतले जेसीजले गरेको कामको प्रशंसा गर्नु भएको थियो ।
गत भदौ २ गते बाट सप्ताह कार्यक्रम सुरुगरे पनि कोभिड १९ का कारण नियमित गर्न नसकेका कारण समय लम्विएको जेसीजले जनाएको छ । सप्ताह कार्यक्र अन्तर्गत स्थापना दिवशका साथै जेव्रा क्रस, गमला वितरण, राहात वितरण, मृगौला पिडीतलाई आर्थिक सहयोग लगायतका कार्यक्रम सम्पन्न गरेको कमलनगर जेसीजका अध्यक्ष जेसी गोपाल खनालले जानकारी दिनुभयो । कार्यक्रम संयोज जेसी भिम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्देश्यीय बारे जेसी हेम दाहालले बोल्नु भएको थियो भने महासचिव जेसी महेश भण्डारीले सन्चालन गर्नु भएको थियो ।