उमानाथ भण्डारी
कमल ,कात्तिक १८÷ तिहारमा फुलको माग धेरै हुन्छ । तर फुल लगाउने ठाउँको अभावका कारण फुलको प्रयोग कर्ताले मागे अनुसारको फुल पाउन सकेका छैनन् । फुलका उपभोक्ताको यो मागलाई पुरागर्न पछिल्लो समय झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमीटेडले फुल खेती सुरु गरेको छ ।
उर्लावारी नगरपालिका बाट ३ हजार सयपत्री फुलका विरुवा र त्यसकालागी आवश्यक पर्ने मल्चिङ्ग प्लाष्टिक सहयोगमा पाएपछी उर्लावारी कै वडा नम्वर ६ पानी टेकीं स्थित साडे ३ कठ्ठा जमिन लिजमा लिएर सस्थाले सयपत्री फुलको खेति गरेकोे छ ।
तिहारलाई लक्षित गरेर फुल खेती गरिएको हो । नेपाली फुल भएकोले बजारमा भारत वाट ल्याएको फुल भन्दा महँगो छ । बजारमा फुलको माग धेरै छ तर विदेशी फुल सँग प्रतिष्पर्धा गर्नु परेकोले माग अनुसार बेच्न सकेका छैनौ । नेपाली फुलको बजार मुल्य भारत बाट कति फुल भित्रिन्छ त्यसमा भरपर्ने हुन्छ तर पनि स्थानिय उपभोक्ताले बढी मुल्य तिरेर नेपाली उत्पादनलाई रुचाई दिनु भएको नवोदय पाठशाला सेवा केन्द्र उर्लाबारीका संयोजक दुर्गा प्रसाद खतिवडा बताउनुहुन्छ ।

गतवर्ष पनि हामीले फुल खेती भगेका थियौ स्थानिय उपभोक्ताले पनि मन पराई दिनुभएकोले यो वर्ष अझ बढी मात्रामा फुल खेती गरेका छौं । नेपाली उत्पादनले विदेशी बजारमा प्रतिपर्धा गर्नू परेकोले सस्थाले सोचे जस्तो नाफा नहुने अर्का सदस्य जिवन काफ्ले बताउनुहुन्छ
नेपालीहरुको चाडपर्वमा आवश्यक पर्ने फुलको माग धान्नकालागी हामिले सस्था द्वारा फुल खेतीगरेका हौ । भारत बाट ल्याएको फुल गुणस्तर छ । तर हामिले उत्पादन गरेको फुलको मुल्य भारत बाट भित्रिने फुल संग निर्भर हुने नवोदय बहुउद्देश्यीय सहकारी सस्थाका व्यवस्थाप फणिन्द्र बहादुर कार्कि बताउनुहुन्छ ।
तिहारमा मात्र नभएर अन्य विभिन्न कार्यक्रममा समेत भारत बाट लाखौ मुल्यको फुल नेपाल भित्रीने गर्दछ । आयतति फुललाई बढी समय सम्म सन्चयगर्न सकियोस् भनेर विभिन्न विषादी प्रयोग गरेको हुन्छ । जसका कारण त्यो फुलको माल लगाएपछि एलर्जि हुने समस्या हुन्छ । त्यसैले आयतित फुल भन्दा स्वदेश मै उत्पादन गरेको फुल प्रयोग गर्ने हो नेपाली उध्यमीले रोजगारी पनि पाउने र विदेशी फुल खरिदमा भएको लाखौ रुपैया जोगाउन पनि सकिने