उमानाथ भण्डारी
कमल, मंसिर १ ÷ देशभरका आन्तरिक राजश्व कार्यालयले आज बाट विभिन्न कार्यक्रमगरी दशौं राष्ट्रिय कर सप्ताहको शुभराम्भ गरिका छन् ।
“ स्वेच्छिक कर सहभागिता अभिवृद्धि ः सुशासन विकास र समृद्धि” मन्ने मुल नाराका साथ सूरु गरिएको कर सप्ताहमा आन्तरिक राजश्व कार्यालय दमकले प्रभातफेरी गरेर कर सप्ताहको सुरु गरेको छ ।
आन्तरिक राजश्व कार्यालय दमक बाट विहान पौने ८ बजे सुरुगरिएको प्रभातफेरी दमक नगरपालिकाको मुख्य बजारमा पर्ने जेसिज चोक, फर्निचर लाईन,देवकोटा चोक, पुरानो सब्जि बजार, कृष्ण मन्दिर,सुर्तिलाईन,हनुमान मन्दिर सुर्य दर्शन सहकारी हुदै नमुना बजारमा पुगेर कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका साथै ,कमल ,शिवसताक्षी, गौरादह र गारीगंजका उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यासायीका साथै आस्था कलेजका दमकका विध्यार्थि र सुरक्षाकर्मि सहितको सहभागीतामा प्रभातफेरी सम्पन्न भएको थियो ।
आज बाट कर सस्ताह सूरु गरिएको छ यसले आम व्यवसायीदाई सचेत गराएको छ । कर करले होईन रहरले तिर्नु पर्ने बातावण राज्यले श्रृजना गर्नु पर्ने दमक उध्योग वाणिज्य संघका उपाध्यक्ष राजु खड्काले बताउनु भयो ।

व्यासायीले आफुले गरेको कारोवारको आधारमा कर तिर्नु पर्छ । राज्यले पनि व्यवसायीलाई सहज रुपमा विना झन्झट कर तिर्ने वातावरण बनाईनिु पर्ने शिवसताक्षी उध्योग वाणिज्य संघका अध्यक्ष भोला मैनालीले बताउनु भयो ।

आज बाट कर सप्ताह सुरु गरेकाछौ । भोलि बाट माई पश्चिमका पालिकामा रहेका उध्योग वाणिज्य सघको सहकार्यमा व्यावसायी तथा विभिन्न स्कुल तथा कलेज मा करदाता शिक्षा कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको छ । लुकेको करलाई कर सहभागीतामा ल्याउने र बढी भन्दा बढी कर संकलन गर्ने योजना रहेको आन्तरिक राजस्व कार्यलय दमकका निमित्त प्रमुख तिलक आलेले बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कि , पत्रकारमञ्च दमकका अध्यक्ष मन कुमार गदाल लगायले दशौ कर सप्ताहका बारेमा बोल्नु भएको थियो

कार्यलयले आर्थिक ऐन २०७८ तथा आर्थिक ऐन प्रतिस्थापन २०७८ले गरेको विशेष छुट व्यवस्था अनुसार करको दायरामा आउने व्यवसायीलाई कर , शुल्क तथा व्याज मिन्हा हुने समेत व्यवस्था रहेको छ । भने पुर्वानुमानित तथा कारोवारमा आधारित आया विवरण पेश गर्ने करदाताका लागी विशेष व्यवस्था समेत गरिएको कार्यलयले जनाएको छ ।